डोटी, पुस २४ ।
गत मङ्गलबादेखि मौसममा आएको परिवर्तनका कारण सुदूरपश्चिमको पहाडी तथा हिमाली क्षेत्रमा फेरि हिमपात भएको छ ।हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ ।
डोटीकोे खप्तडमा पर्ने झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथान लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । डोटीका उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ भने दिपायल, सिलगढी लगायतका क्षेत्रमा मसिनो पानी परिरहेको छ ।
चिसोले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएका छन् । पानी र हिमपातका कारण तापक्रम निकै घटेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline