सवारी दुर्घटनामा ३ जनाको मृत्यु ७ जना घाईते

सवारी दुर्घटनामा ३ जनाको मृत्यु ७ जना घाईते

  • बिहिबार, पुस २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

उदयपुर, पौष २४ गते ।
उदयपुरको २ छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन ।

बुधबार साँझ ५ बजेको समयमा उदयपुरको त्रियुगा नगरपालिका(१० स्थितमा गाईघाटबाट चुहाडे तर्फ जादै गरेको स१ह३८११ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना हुदात्रियुगा नगरपालिका(७ बस्ने २० बर्षिय सिमा दनुवारको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको थियो भने घाईते भएकाबर्ष २०कि मन्दिरा बस्नेत,बर्ष ६० को गोबिन्द कार्कि र बर्ष ३७ कि मञ्जु दनुवार को उपचार भईरहेको छ । साथै अटो चालक त्रियुगा नगरपालिका(४ बस्ने बर्ष २८ को होम बहादुर बि।क।लाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी बुधबार साँझ पौने ६ बजेको समयमा उदयपुरको ताप्ली गाउँपालिका २ धपेनी स्थित भित्री सडक खण्डमा रामपुरझिल्के बाट कटारी तर्फ आउँदै गरेको मे १ ज २६६२ नंबरको बोलेरो गाडी आफैं अनियन्त्रित भई सडकबाट अंदाजि ५० मिटर तल खसेर दुर्घटना हुँदाताप्ली गाउँपालिका(२ लेकगाउँ बस्ने बर्ष अंदाजि २६ को मिलन राई रझापाको बिर्तामोड बस्ने अंदाजि बर्ष ३३ को महेन्द्र राईको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परेर गम्भिर घाईते भएका उदयपुरको ताप्ली गाउँपालिका(२ लेकगाउँ बस्ने बर्ष अंदाजि २७ को बाबु राई,बर्ष अंदाजि ४० की रस माया राई,बर्ष अंदाजि ३२ को मोतिलाल राई उपचारको लागी बिराटनगर तर्फ ल्याईएको छ । साथै बोलेरो चालक सोही गाउँपालिका(१ ओख्ले बस्ने बर्ष अंदाजि २१ को कोमल राज मगरको स्थानीय मेडिकलमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ