चिसो बढेपछि घोराहीका विद्यालय आज र भोली बन्द

चिसो बढेपछि घोराहीका विद्यालय आज र भोली बन्द

  • बिहिबार, पुस २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

दाङ, पुस २४ ।
अत्यधिक चिसो बढेपछि दाङको घोराही उपमहानगरपालिका नगर शिक्षा महाशाखाले आज र भोली दुई दिन विद्यालय बन्द गर्ने जनाएको छ ।

नगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले सूचना जारी गर्दै वर्षे बिदाको छुट्टी कट्टा हुने गरी आज र भोली दुई दिन बिदा दिने निर्णय गरेको हो ।

महाशाखाका शाखा अधिकृत नारायण पौडेलले जारी गर्नुभएको सूचनामा चिसो बढेका कारण नगरभित्रका सामुदायिक र संस्थागत विद्यालय दुई दिन बन्द गरिएको उल्लेख छ ।
चिसोका कारण विद्यालयमा बालबालिकाको उपस्थिति पनि न्यून भएपछि दुई दिन विद्यालय बन्द गरिएको महाशाखाको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ