मध्य र पुर्वी भागमा भोलिसम्म बर्षा र हिमपात

मध्य र पुर्वी भागमा भोलिसम्म बर्षा र हिमपात

  • बिहिबार, पुस २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

काठमाडौं, पुस २४ ।
आज काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको छ । पश्चिमी न्युन चापिय प्रणालीको प्रभावले आज देशभरको मौसम सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना छ । हिजोदेखिको वर्षाले उच्च हिमाली भेगमा हिमपात भइरहेको पनि महाशाखाले जानकारी दिएको छ ।

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ६ दशमलब १ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम १० देखि १२ डिग्री सेल्सियसबीच रहने महाशाखाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ