चोरीका मोटरसाइकल र गिरोह खोज्न प्रहरीले चलायो ‘स्वीप अप्रेसन’

चोरीका मोटरसाइकल र गिरोह खोज्न प्रहरीले चलायो ‘स्वीप अप्रेसन’

  • बुधबार, पुस २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

विराटनगर, २३ पुस ।

सवारी साधन चोरीका घटनामा बृद्धि भएसँगै मोरङ प्रहरीले प्रदेश १ को राधजानी विराटनगरमा ‘स्वीप अप्रेसन’ सुरु गरेको छ । चोरी भएको सवारी साधानको खोजी गरि चोरीमा संलग्न गिरोहलाई पक्राउ गरिन प्रहरीले ‘स्वीप अप्रेसन’ सुरु गरेको हो ।

चालु आर्थिक वर्षको पाँच महिनामा जिल्ला प्रहरी कार्यालय मोरङमा सवारी साधन चोरीको ४२ वटा उजुरी परेको छ । प्रदेशको राजधानी रहेको शहर विराटनगर महानगरपालिका क्षेत्रमा सवारी साधन चोरी हुन थालेपछि प्रहरीले चोरको गिरोह र सवारी साधन खोज्न ‘स्वीप अप्रेसन’ सुरु गरेको जानकारी दिइएको छ ।
स्वीप अप्रेसन सुरु गरेपछि चालु आर्थिक वर्षको मंसिरसम्म २२ वटा चोरीको सवारी साधन नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको सवारीहरु प्रहरीले विभिन्न मितिमा सवारी धनीलाई बुझाएको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिनुभयो ।
बुधबार मोरङ प्रहरीले चोरीको २ वटा मोटसाइकल सवारी धनीलाई बुझाएको छ । ‘स्वीक अप्रेसन अन्र्तगत मोरङ प्रहरीबाट खटिएको टोलीले दुई वटा चोरीको मोटसाइकल नियन्त्रणमा लिएको छ,’ मोरङ प्रहरीका एसपी अधिकारीले भने, ‘नियन्त्रणमा लिएको मोटसाइकल सवारी धनीलाई बुझाएका छौं ।’
विराटनगर –१० का संदिप अग्रवालको पुस १७ गते चोरी भएको मोटसाइकल प्रहरीले भेटेको हो । अग्रवालको यामहा कम्पनीको को २३ प १८० नम्बरको मोटसाइकल प्रहरीले विराटनगर –४ नोबेल नहरबाट बरामद गरेको थियो । ‘चोरी भएको सवारी साधन खोज्ने क्रममा प्रहरीले मोटसाइकल फेला पारेको हो,’ एसपी अधिकारीले भने, ‘चोरीमा संलग्न व्यक्ति मोटसाइकल छोडेर फरार भएका छन् ।’ चोरीमा संलग्न भएका गिरोहलाई पनि प्रहरीले खोजी कार्य तिव्र बनाएको मोरङ प्रहरीले जनाएको छ । यस्तै मोरङको ग्रामथान गाउँपालिका – १ का जितेन्द्र कुमार माझीको पुस ११ गते चोरी भएकोे यमाह कम्पनीको एफजेट ना.३६ प १११५ नम्बरको मोटरसाइकल पनि मोरङले बरामद गरेको छ । माझीको चोरी भएको मोटसाइकल प्रहरीले विराटनगर १४ जतुवास्थित नहरको डिलमा फेला पारेको हो ।
यसैगरि हराएको विभिन्न कम्पनीको ४ थान मोवाइल भेटेर सम्बन्धीत धनीलाई बुधबार बुझाएको छ । विराटनगरका केशबहदुार रायमाझी, सुभद्रकुमारी चौधरी, निर्मल कार्की र रंगेलीका रामकुमारी राईको हराएको मोबोवाइल मोरङ प्रहरीले भेटेर सम्बन्धी धनीलाई एसपी विश्व अधिकारीले हस्तान्तरण गरेका हुन् । यस अघि इलका प्रहरी कार्यालय बेलबारीले चोरी भएको मोटरसाइकल र हराएको १३ वटा मोवायलहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । प्रहरीले चोरी भएर हराएका मोटरसाइकल, स्कुटर तथा मोटरसाईकको खोलीएको इन्जिन समेत बरामद गरेको थियो । चोरी भएको सवारीसाधनको खोजी कार्य र गिरोहलाई पक्राउ गर्न मोरङ प्रहरीले सादा पोशकमा पनि प्रहरी परिचालन गर्दै आएको छ ।
८० स्थानमा ‘अप्रेसन ट्रयाप’
चोरी भएको मोटरसाइकलको खोजी गर्न सोमबार साँझ मोरङको विभिन्न ८० स्थानमा एकै समयमा ‘अप्रेसन ट्रयाप’ गरेको छ । साझ ४ बजेदेखी ५ बजेसम्म एक घण्टा गरिएको ‘अप्रेसन ट्रयाप’ मा ३ सय ७७ वटा सवारी साधन चेकजाँच गरिका मध्ये एक दर्जन मोटसाइकलको बिलबुक नभएको फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । ‘अप्रेसन ट्रयापको क्रममा बिलबुक नबोकि संकास्पद लागेको १२ वटा सवारी साधन नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘नियन्त्रण लिएका सवारी साधन धनीलाई बिकबुक लिएर आउन भनेका छौं ।’ बिलबुक लिएर सवारी धनी आए प्रहरीले नियन्त्रणमा लिएको मोटसाइकल फिर्ता दिनेछ । अप्र्सन ट्रयाप अन्तर्गत विराटनगर महानगरपालिका क्षेत्रमा मात्र प्रहरीले १५ स्थानमा सवारी साधनको चेकजाच गरेको मोरङ प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ