दुहबीको पशुपति बिस्कुट उद्योग र वीरगञ्जको सरस्वती कपडा उद्योगमा आगलागी, लाखौंको क्षति

दुहबीको पशुपति बिस्कुट उद्योग र वीरगञ्जको सरस्वती कपडा उद्योगमा आगलागी, लाखौंको क्षति

  • बुधबार, पुस २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौ पुस २३ ।
सुनसरीको दुहबीस्थित पशुपति बिस्कुट उद्योग र वीरगञ्जको सरस्वती कपडा उद्योगमा गएराति आगलागी भएको छ । आगलागीबाट लाखौंको क्षति भएको दुवै उद्योगका सञ्चालकहरुले बताएका छन् ।

पशुपति विस्कुट उद्योगमा राति करिब ८ बजेदेखि लागेको आगो विभिन्न स्थानबाट गएका पाँच वटा वारुणयन्त्रको सहयोगमा मध्यरात साढे १२ बजेमात्र नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय इटहरीेले जनाएको छ ।सञ्चालकले लाखौंको क्षति भएको बताए पनि प्रहरीले भने क्षतिको पूर्ण विवरण आइनसकेको जनाएको छ ।

यस्तै वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ५ रेशमकोठीस्थित जवाहिर गुप्ताको सरस्वती कपडा उद्योगमा पनि गएराति आगलागी हुँदा करोडौंको सामान जलेर नष्ट भएको छ ।

काम सकाएर उद्योग बन्द गरि बाहिरबाट ताल्चा लगाइसकेको अवस्थामा उद्योगमा अचानक आगलागी भएको सञ्चालकले बताएका छन् । आगलागीबाट तयारी कपडा, मेसिन लगायतका सामन जलेर नष्ट भएको छ ।

वीरगञ्ज महानगरपालिकाका २ वटा बारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ