आज र भोलि काठमाडौसहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना

आज र भोलि काठमाडौसहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना

  • बुधबार, पुस २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौ पुस २३ ।
आज काठमाडौ उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले आज र भोली देशका विभिन्न स्थानमा मेघगर्जनसहित पानी पर्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनु भयो ।

उहाँका अनुसार अहिले धुम्मिएको काठमाडौ उपत्यकासहित मध्य र पूर्वमा केही बेरपछि घाम लाग्नेछ । तर फेरि बादल लागेर मेघगर्जनसहित पानी पर्ने उहाँले जानकारी दिनुभयो ।

यस्तै उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुने उहाँले बताउनु भयो । आज र भोली देशभरिकै मौसम बदली भए पनि पर्सीदेखि भने मौसम बिस्तारै खुल्ने मौसमविद्को अनुमान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ