पश्चिमी क्षेत्रमा पानी पर्ने, उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको संभावना

पश्चिमी क्षेत्रमा पानी पर्ने, उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको संभावना

  • मङ्लबार, पुस २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ, पुस २२ ।
आज पश्चिमी क्षेत्रमा पानी पर्ने मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावले आज पश्चिममा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

यस्तै आज यही प्रणालीको असरले पश्चिमको मौसम पूर्णरुपमा नखुल्ने तर मध्य र पूर्वको मौसम भने एकैछिन खुल्ने र बादल लाग्ने उहाँले बताउनु भयो । उहाँका अनुसार आज मध्य र पूर्वको एक दुई ठाउँमा पानी पर्ने सम्भावना छ ।

तर अहिले पश्चिममा वर्षासहित बदली गराएको पश्चिमी वायु पूर्व्तिर सर्ने क्रममा रहेकाले बुधबार काठमाण्डौसहित मध्य र पूर्वमा पनि पानी पर्ने मौसमविद् कँडेलको भनाइ छ ।
यो प्रणाली आउँदो शुक्रबारसम्मै रहने भएकाले चिसो अझै बढ्ने उहाँले बताउनु भयो । चिसोबाट बच्न न्यानो कपडा लगाउन, तातो र झोलिलो पदार्थ खान डाक्टरहरुले सुझाव दिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ