प्रचण्ड देउवा भेट

प्रचण्ड देउवा भेट

  • सोमवार, पुस २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 18.7K
    SHARES

काठमाडौं, पुस २१ । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सोमबार भेटवार्ता भएको छ ।

भेटवार्ता सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग गठनमा केन्द्रित थियो । सभापति देउवालाई भेट्न प्रचण्ड महासचिव विष्णु पौडेलसहित देउवा निवास बूढानीलकण्ठ पुगेका थिए ।

त्यस क्रममा अध्यक्ष दाहालले सत्य निरुपण तथा मेलमिलाप आयोग गठन छिटो गर्नुपर्‍यो भनेर परामर्श गरेका छन् । सभापति देउवाले आयोग गठन छिटो हुनुपर्ने आफ्नो पनि मत रहेको बताए ।

उनले सरकारले ल्याएका मिडिया काउन्सिल लगायतका विवादास्पद विधेयक फिर्ता लिन पनि अध्यक्ष दाहाललाई आग्रह गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ