धराैटी बुभाए पनि पुनः थुनिए एक सय २२ चीनीया

धराैटी बुभाए पनि पुनः थुनिए एक सय २२ चीनीया

  • सोमवार, पुस २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

पुस २१ काठमाडौँ  । गैरकानुनी अनलाइन कारोबार, साइबर र सीमापार अपराधको आशंकामा पक्राउ परेका १ सय २२ चिनियाँ नागरिकविरुद्धको कसुर पुष्टि नभएपछि स्थानीय प्रशासनले ‘अभद्र व्यवहार’ मा जनही एक हजार रुपैयाँ जरिवाना गराएर रिहा गरेकाे छ । तर उनीहरू पासपाेट लगायत अध्यागमन कानुन उलंघन भन्दै फेरी पक्ाउ परेका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले अभद्र व्यवहारको कसुरमा जरिवाना लिएर रिहा गर्न आदेश दिएको हो । आदेशपछि जनही एक हजार रुपैयाँ जरिवाना बुझाए पनि प्रहरीले उनीहरूलाई रिहा गरेन । अध्यागमन विभागको आग्रहमा प्रहरीले सबैलाई हिरासतमा राखेको छ । पक्राउ परेकामध्ये ८४ जनासँग राहदानी छैन । ६७ राहदानी बरामद भएकामा ३८ जना मात्रै राहदानीवाहक रहेको खुलेको छ ।
नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त अपरेसनमा पुस ७ मा उनीहरूलाई राजधानीको मनमैजु, बाँसबारी र बूढानीलकण्ठका १० वटा घरबाट पक्राउ गरिएको थियो ।

प्रशासनले जरिवाना लिएर छोडेलगत्तै प्रहरीले चिनियाँहरूलाई अध्यागमन विभाग पुर्‍याएको थियो । तर अध्यागमनले निष्कासन नभएसम्म चिनियाँलाई प्रहरीकै हिरासतमा पठाएको छ । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जनही ५० हजार रुपैयाँ जरिवाना गराएर चिनियाँलाई निष्कासनको प्रक्रिया अघि बढाइएको जानकारी दिए । ‘प्रहरीले चिनियाँलाई हाम्रो जिम्मा लगाइसकेको छ, अब छिट्टै कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई आफ्नै देश निष्कासन गरिनेछ,’ पौडेलले भने, ‘राहदानी भएकाले पर्यटक भिसाको दुरुपयोग गरेको र नभएकाले गैरकानुनी रूपमा बसेको कसुरमा सजाय गरेर निष्कासन गरिनेछ ।’

पक्राउ परेका चीनीयाहरुलाई बुधबार चीनबाट चार्टर गरेर ल्याईने विमानमा फिर्ता गर्ने तयारी भएको अधिकारीहरुले जनाएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ