बैतडीका १० वटै वडा सचिवविहीन

बैतडीका १० वटै वडा सचिवविहीन

  • शनिबार, पुस १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

बैतडी, १९ पुस । बैतडीको पुर्चौंडी नगरपालिकाका १० वटै वडा सचिवविहीन रहेका छन् । नगरपालिका स्थापना भएदेखि नै वडाहरूमा सचिवको अभाव भएको नगर उपप्रमुख जानकी बमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वडाहरूमा सचिव नहुँदा नगरपालिकाले सम्पादन गर्ने काममा बाधा पुगेको छ ।”

दशवटै वडामा सचिवको काम प्राविधिक सहायकहरूले गर्नु परिरहेको नगरपालिकाका सूचना अधिकारी प्रवीन धानुकले बताउनुभयो । वडाका अधिकांश काम नगरपालिकाबाटै हुने भएकाले नागरिकले नगरपालिका धाउनुपर्ने बाध्यता रहिआएको छ । उहाँले भन्नुभयो, “सामाजिक सुरक्षाभत्ता लगायतका कामहरू पनि नगरबाटै सम्पादन गर्ने गरिएको छ ।”

वडामा सचिव नहुँदा नागरिकलाई सास्ती हुने गरेको स्थानीयवासीले बताएका छन् । वडामा सचिव नहुँदा नगरपालिकाको केन्द्र धाउनुपर्ने बाध्यता रहिआएको स्थानीयवासी रामबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा सिंहदरबार आए पनि कर्मचारी नहुँदा साबिकका गाविसबाट पाइने सेवा पाउन पनि मुस्किल भएको छ ।”

स्थानीय तहमा जनप्रतिनिधि आएको अढाई वर्ष बढी भइसकेको भए पनि अझै कर्मचारीको पदपूर्ति हुन सकेको छैन । कर्मचारीको अभावमा वडा तहबाट पाइने सेवा प्रभावकारी नभएको नागरिकले गुनासो गरेका छन् । कर्मचारी समायोजनपश्चात् जिल्लामा कर्मचारीको अभाव बढी भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ