काठमाडौं पुस १९।
ललितपुरको पाटन गावाहलमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ । टेपले बेरिएको अवस्थामा गावाहलको सडकमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको जानकारी दिनुभयो ।
अहिले प्रहरीले शंकास्पद वस्तु भएको क्षेत्रमा घेरा हालेर सुरक्षित साथ राखेको छ । शंकास्पद वस्तु भेटिएको क्षेत्रमा प्रहरीले घेरा हालेपछि अहिले यो सडकको सवारी आवागमन पनि प्रभावित भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline