उपत्यकामा खटिने ‘घुमुवा प्रहरी’ हटाइयाे

उपत्यकामा खटिने ‘घुमुवा प्रहरी’ हटाइयाे

  • शुक्रबार, पुस १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, पुस १७ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले सादा पोसाकमा उपत्यकामा खटिने ‘घुमुवा प्रहरी’ हटाएको छ ।मातहतका प्रहरी कार्यालयले शान्ति–सुरक्षा र अपराध नियन्त्रणमा काम गर्दै आएको र महानगरीय अपराध नियन्त्रण महाशाखाको टोली सादा पोसाकमा खटिने भएकाले यसरी घुमुवा टोली हटाएको कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

‘घुमुवा टोलीको औचित्य देखिएन, आजैका मितिदेखि खारेज गरिएको छ । अब उनीहरु सबै पोसाक लगाएर शान्ति–सुरक्षामा खटिनेछन्’–प्रहरी नायब महानिरीक्षक पोखरेलले भने ।

उनकाअनुसार उपत्यकामा प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा २१ जनासम्म घुमुवा टोली परिचालन हुँदै आएका थिए ।

कार्यालयका एक प्रहरी अधिकृतले घुमुवा टोलीबाट अधिकार दुरुपयोगको सम्भावना बढेको बताए ।

उनीहरुप्रति प्रहरी संगठनभित्रै र बाहिर पनि सकारात्मक दृष्टिकोण नभएकाले हटाउनुपरेको जनाइएको छ ।

कार्यालय स्थापनादेखि यहाँ सादा पोसाकमा प्रहरी परिचालन हुँदै आएका थिए । प्रमुख फेरिएसँगै उनीहरु पनि फेरिन्थ्यो । यसपटक टोली हटाइएको सम्भवतः यो पहिलो हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ