नेपाल प्रहरी र सशस्त्र प्रहरीका  महानिरीक्षकद्वय सर्वेन्द्र खनाल र शैलेन्द्र खनाल पुरस्कृत

नेपाल प्रहरी र सशस्त्र प्रहरीका  महानिरीक्षकद्वय सर्वेन्द्र खनाल र शैलेन्द्र खनाल पुरस्कृत

  • बिहिबार, पुस १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं १७ पुस ।

गृह मन्त्रालयले बेरुजु फस्र्यौटमा सबैभन्दा बढी प्रतिशत हासिल गर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीका  महानिरीक्षक (आईजीपी) द्वय सर्वेन्द्र खनाल र शैलेन्द्र खनाल पुरस्कृत गरेको छ।

आर्थिक वर्ष २०७४/०७५ नेपाल प्रहरीले ८८.५ प्रतिशत बेरुजु फस्र्यौट गरेको हो। त्यसैगरी सशस्त्रले ८६.९६ प्रतिशत बेरूजु फस्र्यौट गरेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार अध्यागमन विभागले ८४.६२ र गृह मन्त्रालयले ७४.४१ प्रतिशत बेरूजु फस्र्यौट गरेका छन्।

बेरुजु फस्र्यौटमा उल्लेखनीय भूमिका निर्वाह गरेको गृहमन्त्री रामबहादुर थापाले दुई आईजीपी र गृहसचिव प्रेमकुमार राईसहित ९ जनालाई पुरस्कृत गरेका हुन्।

मन्त्रालयका अनुसार अन्य पुरस्कृत हुनेमा गृहका सहसचिव महादेव पन्थ, अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल, गृहका उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृत मिठाराम सुवेदी, शालिकराम पराजुली र नरबहादुर कुँवर छन्। गृहमन्त्री बादलका प्रेस संयोजक किरण भट्टराईका अनुसार प्रहरीका आईजीपी खनालद्वयाई दस हजार रूपैयाँ पुरस्कार दिइएको छ भने अन्यलाई आठ हजार रुपैंया दिइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ