कालडाँडा भीरबाट कर्णाली नदीमा जिप खस्दा ४ जनाको मृत्यु

कालडाँडा भीरबाट कर्णाली नदीमा जिप खस्दा ४ जनाको मृत्यु

  • बिहिबार, पुस १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

बाजुरा, १७ पुस । बाजुराकाे हिमाली गाउँपालिका ७ बाधुको कालडाँडा भीरबाट कर्णाली नदीमा जिप खस्दा ४ जनाको मृत्यु भएकाे छ ।

हिमाली गाँउपालिकाको धुलाचौर बाट कोल्टीतर्फ आउँदैगरेको से १ ज १०६४ नम्बरको जिप  कर्णाली नदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख उद्धबसिंह भाटले जानकारी दिए ।

४ जनामध्ये गाडी चालक तथा गाडी मालिक जगन्नाथ गाँउपालिका गोत्री घर भएका रमेश शाहीको पहिचान भएको प्रहरीले जनाएको छ । एकजना अहिले पनि वेपत्ता छन् भने चारजना भने घाइते अवस्थामा फेला परेको उनले बताए ।

प्रहरीका अनुसार ९ जना जति यात्रु रहेको खुल्न आएको बताएको छ । घाइतेलाई उद्धार गरी उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ । सडकबाट ५ सय मिटर तल ठूलो भीरबाट नदीमा खसेको जानकारी आएको छ । जिल्ला प्रहरी कार्यलय बाजुरा प्रहरी प्रमुख उद्धबसिंह भाटले भने खबर पाउने बित्तिकै प्रहरी टोली पठाएको बताएका छन् । घटना भएको आधा घण्टाको दूरीमा पिलिचौर इलाका प्रहरी कार्यलय छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ