नेकपा कास्की सेक्रेटरी आक्रोससहित चार जना रिहा

नेकपा कास्की सेक्रेटरी आक्रोससहित चार जना रिहा

  • बिहिबार, पुस १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

पुस १०, कास्की ।  नेपाल कम्युनिष्ट पार्टीका तत्कालिन काँस्की जिल्ला सेक्रेटरी आक्रोस, स्याङ्जा सेक्रेटरी गोकुल, बिधार्थी संगठनका केन्द्रीय सदस्य मिलन राई, काजी गुरुङ रिहा भएका छन् । लामो समय हिरासत बसाइपछि उनीहरू बिहिवार सर्वोच्च अदालतको आदेशमा रिहा  भएका हुन् ।

उनीहरुलाई बिहिबार काठमान्डौ उच्च अदालतबाट न्यायधिस इश्वर प्रसाद खतिवडा र तेज बहादुर केसीको सयुक्त इजलासले बाध्यकारी आदेश दिएपछि रिहा भएका छन् ।

निबेदकका तर्फबाटवरिष्ठ अधिबत्ता एकराज भण्डारी, अधिबत्ताहरु कपिलचन्द्र पोख्रेल, दयाराम पोख्रेल, सन्तोष कोइराला लगायतले बहस गरेका थिए ।

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–११, उरीस्थित आमा समूहको भवनमा अखिल क्रान्तिकारी कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटीको संयुक्त बैठक बसिरहेका बेला उनीहरु समेतका २१ जना नेता तथा कार्यकर्तालाई प्रहरीले गएको जेठ २५ गते गिरफ्तार गरेको थियो।

त्यसपछि उनीहरुलाई अदालतले छाड्ने र प्रहरीले गिरफ्तार गर्ने क्रमसंगै प्रहरीले अहिलेसम्म ९ जिल्ला पुर्याएको थियो ।  आज अदालतको बाध्यकारी आदेशमा उनीहरू रिहा भएका हुन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ