सकियो खण्डग्रास सूर्यग्रहण, शिक्षा मन्त्री पोखरेलद्धारा सूर्यग्रहणको अवलोकन

सकियो खण्डग्रास सूर्यग्रहण, शिक्षा मन्त्री पोखरेलद्धारा सूर्यग्रहणको अवलोकन

  • बिहिबार, पुस १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, पुस १० । पौष कृष्ण औँसीका दिन आज बिहान ८ बजेर ४२ मिनेटदेखि ग्रहण सुरु भएको खण्डग्रास सूर्यग्रहण सकिएको छ । यो ग्रहण विभिन्न देशमा फरकफरक समयमा देखिनेछ ।

नेपालमा भने बिहान ८ बजेर ४२ बाट सुरु भई १० बजेर १ मिनेटमा मध्य भएको ग्रहण ११ बजेर ३१ मिनेटमा सकिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

सूर्य ग्रहणको कुल अवधि २ घण्टा ४९ मिनेट रहेको थियो । खण्डग्रास सूर्यग्रहण अवलोकन गर्न शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी विज्ञान संग्राहलय कीर्तिपुर पुग्नुभएको थियो ।

उहाँले खण्डग्रास सुर्यग्रहणको अवलोकन गर्दै आधुनिक विज्ञान र प्रविधिको क्षेत्रमा नेपालले थप काम गर्ने प्रतिकृया दिनुभयो । खण्डग्रास सूर्यग्रहण हेर्न संग्राहलयमा सर्वसाधरण र खगोल शास्त्रका विद्यार्थीको भिड लागेको थियो ।

बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी विज्ञान संग्राहलयका निमित्त कार्यकारी निर्देशक डाक्टर सनतकुमार शर्माले सूर्यग्रहण महत्वपूर्ण खगोलिय घटना भएको बताउनु भयो ।

पश्चिम दक्षिण अर्थात् नैऋत्य दिशाबाट सुरु भएको ग्रहण दक्षिण दिशाबाट मध्य भएर दक्षिण पूर्वको आग्नेय दिशाबाट समाप्त भएको थियो । आजको सूर्यग्रहण २०७६ सालको अन्तिम ग्रहण हो ।

यस वर्ष असार ३१ गते खण्डग्रास चन्द्रग्रहण लागेको थियो । खण्डग्रास सूर्यग्रहण नेपालबाट मात्र नभइ भारत, पाकिस्तान, श्रीलंका, मालदिभ्स, भुटान, चीन, म्यान्मार, अफगानिस्तान, लगायत एसिया महाद्वीपका साथै अरु देशहरु अफ्रिका तथा अष्ट्रेलियाबाट समेत देखिएको छ ।

ज्योतिष शास्त्रमा ग्रहणको समय अशुभ मानिन्छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।

ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने धार्मिक विश्वास छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ