काठमाडौंको तापक्रम ०.९ डिग्रीमा झर्यो, जुम्लाको माईनस ७ डिग्री तापक्रम मापन

काठमाडौंको तापक्रम ०.९ डिग्रीमा झर्यो, जुम्लाको माईनस ७ डिग्री तापक्रम मापन

  • बिहिबार, पुस १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

काठमाडौं पुस १० । काठमाडौं उपत्यकामा आज यो वर्षकै सबैभन्दा चिसो मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान पौने ९ वजे सार्वजनिक गरेको तथ्यांकअनुसार उपत्यकाको न्युनतम तापक्रम ० दशमलब ९ डिग्री सेल्सियसमा झारेको छ ।

हिजो २ दशमलब ९ डिग्रि मापन गरिएको तापक्रम आज एकै दिन २ डिग्रि सेल्सीयस ओर्लिएको हो ।

आज दिउसोको अधिकतम तापक्रम भने १६ दशमलब ७ डिग्रिसम्म पुग्ने अनुमान छ । पछिल्लो २४ घण्टाको अवधिमा जुम्लामा सबैभन्दा बढी चिसो भएको छ ।

जुम्लाको न्युनतम तापक्रम माईनस ७ डिग्रि सेल्सीयसमा झरेको छ । यसैगरी मुस्ताङको जोमसोममा माईनस ३ दशमलब ५ तथा दोलखाको जिरीमा माईनस ३ दशमलब २ डिग्री सेल्सीयस मापन गरिएको छ ।

यो अवधिमा अधिकतम तापक्रम भने विराटनगरमा २४ दशमलव ४ तथा दिपायलमा २२ दशमलब ४ डिग्री सेल्सीयस मापन गरियो ।

आज देशका पूर्वी र पश्चिमी भेगका केही स्थानहरुमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

काठमाडौंको मौसम आज सामान्यतया सफा रहने छ । आज सूर्योदय बिहान ६ बजेर ५३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १६ मिनेटमा हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ