आज अत्यधिक चिसो, काठमाण्डौंको न्यूनतम तापक्रम १ डिग्री पुग्यो

आज अत्यधिक चिसो, काठमाण्डौंको न्यूनतम तापक्रम १ डिग्री पुग्यो

  • बिहिबार, पुस १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं पुस १० । उपत्यकामा आज अत्यधिक चिसो बढेको छ । उपत्यकामा आज बिहान यो वर्षकै सबैभन्दा न्यूनतम तापक्रम मापन गरिएको छ ।

आज बिहान काठमाडौंको न्यूनतम तापक्रम १ डिग्री सेन्टिग्रेड मापन गरिएको छ । मौसम विज्ञान विभागले बिहीबार बिहान गरेको मापनमा यो वर्षकै सबैभन्दा कम तापक्रम हो ।

काठमाडौंको आज दिउँसोको तापक्रम भने १६ देखि १८ डिग्री सेल्सियसबीच रहने महाशाखाले जनाएको छ । यसअघि बुधबार पुस ९ गते काठमाडौंको न्यूनतम तापक्रम २.९ मापन भएको थियो ।

आज देशका पूर्वी र पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ