चर्चित गायक रामकृष्ण ढकाल र निलमको सम्बन्ध विच्छेद

चर्चित गायक रामकृष्ण ढकाल र निलमको सम्बन्ध विच्छेद

  • बिहिबार, पुस १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौँ । चर्चित गायक रामकृष्ण ढकाल र पत्नी निलम शाहबीच सम्बन्ध विच्छेद भएको छ । रामकृष्ण र निलमले बुधबार जिल्ला अदालत काठमाडौंमा गएर सम्बन्ध विच्छेद गरेका हुन् । मंगलबार निलमले अदालतमा सम्बन्ध विच्छेद गरी पाऊँ भनी निवदेन दिएकी थिइन् ।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार उनीहरु कानुनी रुपमा नै अलग हुन सहमत भएका हुन्। न्यायाधीश विदुर कोइरालाको इजलासले बुधबार पेस भएको निवदेनउपर सुनुवाई गर्दै दुवैलाई सहमतिमा अलग हुने फैसला सुनाएको हो। निलमले मंगलबार निवदेन दिएपछि बुधबार रामकृष्णले पनि आफू सम्बन्ध विच्छेद गर्न सहमत भएको अदालतलाई बताएका थिए।
श्रेस्तेदार श्रेष्ठका अनुसार दम्पतिकी छोरी आमा निलमसँगै रहनेछन्। निलमले ढकालबाट अंश नलिने अदालतसामू बताएको पनि श्रेष्ठले जानकारी दिए। लालिगुराँस सहकारीसँगको ऋणसम्बन्धि मुद्दाका कारण यो दम्पति केही समयदेखि तनावमा थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी