बेलायती अभिनेत्री ल्यासेट एन्थोनीले भनिन्ः निर्माताले मलाई बलात्कार गरे !

बेलायती अभिनेत्री ल्यासेट एन्थोनीले भनिन्ः निर्माताले मलाई बलात्कार गरे !

  • शनिबार, पुस ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

बेलायती अभिनेत्री ल्यासेट एन्थोनीले फिल्म निर्माताले आफूलाई बलात्कार गरेको बताएकी छिन् । उनले आफू दुई पटकसम्म बलात्कृत भएको खुलासा गरेकी हुन् ।
एक अन्तर्वार्तामा उनले फिल्म निर्माता हार्बे विन्स्टनबाट आफ्नै घरमा बलात्कृत भएको खुलासा गर्दै उक्त घटना अझै खराब सपनाको रुपमा याद आइराख्ने बताईन् । ५६ वर्षीया अभिनेत्रीले आफूमाथि आफ्नै निवासमा १९८० मा ती फिल्म निर्माताबाट यौन शोषण भएको बताएकी हुन् ।
च्यानल ४ न्युजका लागि उनले दिएको अन्तर्वार्तामा यस्तो बताएकी हुन् । आफूले यस्तो कुरा हार्बे विन्स्टनसँग त्यसबेला नै भने पनि बेवास्ता गरेको बताइन् । ’मलाई एक बिहानको अझै सम्झना छ, उसले म बसेको फ्ल्याटको ढोका ढकढक्यायो । म गाउनमा मात्रै थिएँ, उसले कोट र्याकतिर धकेल्यो र रेप र्गयो ,’ उनले भनिन् ।
उनले अघि भनेकी छन्, ’उ मोटो थियो । उबाट म उम्किन खोजे पनि सकिनँ ।’ अभिनेत्री एन्थोनीले लाजका कारण यो कुरा यसअघि नभनेको पनि बताएकी छन् ।
’यो यौनको कुरा हैन, यो अपमान र नियन्त्रणको कुरा हो,’ उनले भनिन् । यस्तै हार्बेले आफूलाई ‘केन्स फिल्म फेस्टिबल’को कोठाभित्र बसिरहेका बेला पनि बलात्कार गरेको दावी गरेकी छन् । केही वर्षअघि अमेरिकाबाट सुरु भएको ’मि टू’ अभियान पछिल्लो समय संसारभर सचेतनाको रुपमा फैलिएको छ । खासगरी फिल्मी क्षेत्रका अभिनेत्रीहरुले आफूमाथि कुनै पनि बेला भएका यौन शोषणका घटना बाहिर ल्याउन थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी