पुष १ काठमाण्डौं । नेपाल वायुसेवा निगमले “मष्ट पपुलर एयरलाइन्स अवार्ड २०१९” प्राप्त गरेको छ । उक्त सम्मान आज उक्त सम्मान आयोजित कार्यक्रममा “एयरलाइन्स क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसन”का तर्फबाट संस्थापक अध्यक्ष टि.पि. एस. ग्रोभरले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई प्रदान गर्नुभयो ।
विमान कम्पनीहरुको मूल्याङ्कन, परीक्षण, टिप्पणी आदी गर्ने पर्यटन पत्रकार एवं ब्लगर्सहरुको उक्त अन्तर्राष्ट्रिय संस्थाले आफ्नो अध्ययनको आधारमा उक्त सम्मान प्रदान गरेको हो ।
यसैगरी नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई उच्चस्तरीय सेवा, टीम व्यवस्थापनद्वारा उड्डयन क्षेत्रमा उल्लेखनीय नेतृत्व प्रदान गरे वापत “एयर लाइन्स सि.इ.ओ. अफ दि एयर” बाट सम्मानित गरिएको छ ।
अन्तर्राष्ट्रिय उडानहरुको गुणस्तरियताको मूल्याङ्कनको आधारमा प्रदान गरिने मष्ट पपुलर एयरलाइन्स अवार्ड यस अघि फिनल्याण्डको ध्वजावाहक फिनिस एयरलाइन्स र बैंककको थाई एयरले पनि प्राप्त गरेको थियो ।
कार्यकारी अध्यक्ष मदन खरेलले सम्मान प्राप्त गर्न सकेकोमा गौरवको अनुभव भएको बताउनु भयो ।
समारोहमा अवार्डबारे जानकारी गराउँदै संस्थाका अध्यक्ष टि.पि.एस. ग्रोभरले कुनै पनि विमान कम्पनीको उड्डयनसँग सम्वन्धित आधारभूत सेवाका साथै यात्रु सन्तुष्टिको मूल्याङ्कनको आधारमा पाउने सम्मान नेपाल वायुसेवालाई प्रदान गर्न पाएकोमा प्रसन्नता व्यक्त गर्नुभयो ।