काठमाडौं, मंसिर २९ । जमैकाकी सुन्दरीलेले मिस वर्ल्ड २०१९ को उपाधि जितेकी छिन् । जमैकाकी टोनी एन सिंले ‘मिस वर्ल्ड २०१९’ को उपाधि जितेकी हुन् ।
शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले १२५ देशका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा आफ्नो स्थान बनाएकी हुन् ।
मिस वर्ल्ड २०१८ की भनिसा पोन्सले उनलाई आफ्नो ताज पहिराएकी हुन् । फस्ट रनरअफमा फ्रान्सकी ओफेली मेजिनो भइन् भने सेकेण्ड रनरअफमा भारतकी सुमन राव भइन् ।
नेपालकी मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ भने सेमिफाइनलसम्म पुगेकी थिइन् । उनले मिस वर्ल्ड प्रतियोगिता’ अन्तर्गतको मल्टिमिडिया अवार्ड र ब्युटी विथ द पर्पोज विधा पनि जितेकी छिन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline