कविहरुले राष्ट्रियताका लागि निधारमा कालोपट्टी बाधे

कविहरुले राष्ट्रियताका लागि निधारमा कालोपट्टी बाधे

  • शुक्रबार, मंसिर २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

नेपालको कालापनी, लिम्पियाधुरा,लिपुलेकलाई समेत भारतले आफ्नो नक्सामा पारे पछि त्यसको चौतर्फी विरोध जारी रहेका बेला कवि तथा साहित्यकारहरुले पनि नयाँ शैलीमा विरोध जनाएका छन् ।
उनीहरुले रत्नपार्कमा कालोपट्टी बाधेर कविता बाचन गरे भने सडकमै कविता बाचन गरेका छन् ।
भारतले कालापनी, लिपुलेक, लिम्पियाधुरालगायत ७१ स्थानमा गेको हस्तक्षेपविरुद्ध सडकमा कविता लिएर निस्किएका स्रष्टाहरूमाथिप्रहरीले हस्तक्षेप गरेको छ । मंसीर २६ गते माक्र्सवादी स्रष्टाहरू संवादडबलीमा कवितालिएर राष्ट्रियता रक्षाको मागगरिरहेकाथिए तर प्रहरीले विप्लव नेकपाको कार्यक्रम भन्दै हस्तक्षेप गरेको साहित्यकारहरुको दावी छ । हस्तक्षेप चिर्दै ओमप्रकाशकोइराला, नन्दु उप्रेती, चेतनाथ धमला, छायादत्तन्यौपाने बगर, रामबहादुर पहाडी, बाबुराम श्रेष्ठ, बैरागी जेठालगायत १८ स्रष्टाले देशभक्तिले ओतप्रोत सिर्जनावाचन गरेकाथिए ।कार्यक्रमको संयोजन संवादडबलीले गरेको थियो ।
कार्यक्रममा सांस्कृतिक आन्दोलनका अगुवा नरेन्द्रजंगपिटरले राष्ट्रियता संकटमा परेको र सरकार साम्राज्यवादको पिछलग्गु बनिरहेको समयमामाक्र्सवादी स्रष्टाहरूले देशभक्तिपूर्ण आन्दोलनको नेतृत्वगर्नुपर्ने बताएका थिए ।
उता नेकपाको सांस्कृतिकमोर्चा अखिल नेपालजनसांस्कृतिकमहासङ्घ र त्यसको आंगिक संगठनअखिल नेपाल लेखकसङ्घको आयोजनामा नेकपाको केन्द्रीयकार्यक्रम अनुसार प्रहरी दमनछल्दै डिल्लीबजार स्थितमहाकवि लक्ष्मीप्रसाद देवकोटाको घर प्राङ्गणमा कविगोष्ठी सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता तथा सञ्चालनमहासङ्घका केन्द्रीय सचिवतथा लेखकसङ्घका केन्द्रीयउपाध्यक्षअशोक सुवेदीले गरेकाथिए ।
सचिव सुवेदीले राष्ट्रियता संकटमा परेकाले यसको रक्षा नेपालकम्युनिस्टपार्टीले मात्र गर्न सक्ने बताए । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षाकालागिएकीकृत जनक्रान्ति सफलपारेर वैज्ञानिक समाजवादलागू गर्नुपर्ने धारणा राख्दै उनले यसैकालागिमहासङ्घ र लेखकसङ्घ सडकमानिस्किएको बताए ।
उनले चिनियाँमहान् सांस्कृतिक सर्वहारा सांस्कृतिकक्रान्तिएउटाकलेजको भित्तामापोस्टर टाँसेर सुरु भएको स्मरण गराउँदै स्रष्टाहरूले आरम्भ गरेको आन्दोलनले देश र श्रमिकवर्गलाई मुक्त पारेरै छोड्ने दाबी गरेका थिए ।
कार्यक्रममाविद्रोहीयुवाकवि रसुवालीकवि, अर्का विद्रोहीकविएवम् अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सदस्य बीपी विद्रोही, प्रगतिशील स्रष्टाएवम् अभिनेता इन्द्रजित शर्मा चौलागाईं, विजय अधिकारी, ईश्वर लामिछाने (अभियान) लगायत एघार जना स्रष्टाले कविता वाचन गरेका थिए ।


कार्यक्रममा देवकोटाकी कान्छी छोरी मुनाघिमिरे, कान्छाछोरा–बुहारी, लगायतको सहभागिता थियो ।
कार्यक्रममा सहिदइच्छुक, नेकपाका नेताएवम् स्रष्टा सुदर्शन, महासङ्घका अध्यक्ष माइलालामा, दिल साहनी, केवलपुरे किसान, कल्पना पौडेल जिज्ञासु, ऋषिलामिछाने, अराप, मेदिनीनाथ सुवेदी, द्रोणाचार्य क्षत्रीलगायत २० जना स्रष्टाका राष्ट्रियता सम्बन्धी कविता वाचन गरिएको थियो ।
यसैबीच कालापानी,लिपुलेक,लिम्पियाधुरा लगायत देशका भूभागाहरूमा भारतीय हस्तक्षेप र सीमा अतिक्रमणका विरुद्ध क्रान्तिकारी माक्र्सवादी तथा देशभक्त युवाहरूको सडक कविता आन्दोलनको दोस्रो कार्यक्रम सम्पन्न भएको छ ।


काठमाडौँको विभिन्न चोकका भित्ताहरूमा माक्र्सवादी र प्रगतिशील स्रष्टाहरूका कविता पोस्टरिङ गर्दै निधारमा कालोपट्टीबाँधेर कविता वाचन गरिएको छ । कार्यक्रममा नेपालपत्रकार महासङ्घका केन्द्रीय सदस्य जन्मदेव जैसी,सडक कविता आन्दोलनका संयोजक रसुवालीकवि, कवि बीपी बिद्रोही,दिपेन सिम्खडा,दामोदर ढकाल, साहित्यकार रत्नप्रसादअनामणि, नवराजबिस्ट, रणबहादुर रानालगायतस्रष्टाले आआफ्ना रचनावाचन गरे । कार्यक्रममा रसुवालीकविले मौसमी राष्ट्रवादले आक्रान्त पारिरहेको परिवेशमा स्रष्टाहरूले कविता मार्फत विद्रोह गर्नुको राष्ट्रिय अर्थ रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी