नेपालकी अनुष्काले जितिन् मिस वर्ल्डको ’मल्टिमिडिया अवार्ड’

नेपालकी अनुष्काले जितिन् मिस वर्ल्डको ’मल्टिमिडिया अवार्ड’

  • शुक्रबार, मंसिर २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, मंसिर २७ । मिस नेपाल अनुष्का श्रेष्ठले मिस वर्ल्ड २०१९ को मल्टिमिडिया अवार्ड जितेकी छन् ।

अनुष्काले मल्टिमिडिया अवार्ड जित्दै उपाधिका लागि बलियो स्थान बनाएकी हुन् । उनी मल्टिमिडिया अवार्ड जितेसँगै टप ३० मा प्रवेश गर्न सफल भएकी छन् ।

यसअघि उनले ‘हेड टु हेड’ च्यालेन्जसमेत जितेकी थिइन् । उक्त अवार्ड जितेर ११२ देशका प्रतिस्पर्धी सुन्दरीमाझ उनी टप ४० मा परेकी थिइन् ।

नेपालले भोटिङमा सबैभन्दा बढी मत पाएमा सीधै टप २० मा प्रवेश गर्नेछ । त्यसको लागि बढीभन्दा बढी भोट गर्नुपर्ने हुन्छ।

१४ डिसेम्बरमा मिस वल्र्डको ६९ औं मिस वल्र्डको ताजका लागि लण्डनस्थित एक्सेल हलमा प्रतियोगिता हुदैंछ ।

अघिल्लो वर्ष २०१८ मा तत्कालिन मिस नेपाल शृखला खतिवडाले पनि यो अवार्ड जितेकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी