विश्व सुन्दरीको ताज अफ्रिकी युवतीलाई

विश्व सुन्दरीको ताज अफ्रिकी युवतीलाई

  • मङ्लबार, मंसिर २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

२४ मंसिर, काठमाडौं । सन् २०१९ को विश्व सुन्दरी (मिस युनिभर्स)को ताज अफ्रिकी युवतीले जितेकी छन् ।

आइतबार सम्पन्न प्रतियोगिताको फिनालेमा जोजिबीनी तुन्जीले ९० जना प्रतिस्पर्धीलाई पछि पारेकी हुन ।

महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीय जोजिबीनी तुन्जीले मिस युनिभर्सको ताज जितेकी हुन् ।

एटलान्टाको टायलर पेरी स्टुडियोमा आयोजित भव्य प्रतियोगितामा उनलाई फिलिपिन्सकी क्याट्रिओना ग्रेले तुन्जीलाई युनिभर्सको ताज लगाइ दिएकी थिइन् । सन् २०१८ मा ग्रेले मिस युनिभर्सको ताज जितेकी थिइन् ।

पुएर्टो रिको र मेक्सिकोका सुन्दरी पनि फाइनलमा पुगेका थिए । तर तुन्जी दिएको शसक्त प्रस्तुतिलाई जजले ताज पहिराउन निर्णायक मानिदिए । उनले युवा युवतीलाई आत्मविश्वास महसुस गर्न सशक्त बनाउने अभिव्यक्ति दिएकी थिइन ।

उनले आफ्नो भनाइ राख्ने क्रममा भनेकी थिएन–‘म यस्तो संसारमा हुर्केँ जहाँ मेरो जस्तो छाला र कपालको बनावट भएकी महिलालाई कहिल्यै सुन्दर मानिँदैन । मलाई लाग्छ, अब यस्तो समय रोकिएको छ, ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी