भीमप्रसाद शर्माकाे गौँथली, भँगेर र परेवाको जीवनकथा

भीमप्रसाद शर्माकाे गौँथली, भँगेर र परेवाको जीवनकथा

  • आइतवार, मंसिर २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

नवलपुरको गैँडाकोटका कलाकार भीमप्रसाद शर्माले गौँथली, भँगेर र परेवाको जीवनकथालाई आधार बनाएर एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ ।

काठमाडौँको नेपाल कला परिषद्मा आजदेखि शुरु ‘सम्बन्धन’ शीर्षकको चित्रकला प्रदर्शनीमा मानव र प्रकृतिबीचको सम्बन्धलाई देखाउन खोजिएको छ । प्रकृतिका हरेक चिज एक अर्काबीच कुनै न कुनै सम्बन्ध रहेको उल्लेख गर्दै कलाकार शर्माले सबैको अस्तित्वलाई स्थान दिनुपर्ने र संरक्षण गर्नुपर्ने सन्देश दिनका लागि चराको चित्र बनाइएको बताउनुभयो । यही २७ गतेसम्म चल्ने यो उहाँको १०औँ एकल चित्रकला प्रदर्शनी हो ।

प्रदर्शनीको उद्घाटनका क्रममा बोल्दै नेपाल कमर्शियल आर्टिष्ट सङ्घका अध्यक्ष इन्दविक्रम मल्लले क्यान्भासको ठाउँमा काठको प्रयोग गरेर शर्माले भिन्न र वास्तविक चित्रकला प्रस्तुत गरेको बताउनुभयो । साहित्यकार गोविन्दराज विनोदीले पारिवारिक जीवनसँगको गौँथलीको आबद्धता र प्रकृतिसँग मानिसको संवद्धतालाई चित्रकलामार्फत देखाइएको बताउनुभयो ।

उहाँले साहित्य र कलालाई जोड्ने प्रयास गरेकोसमेत जानकारी दिनुभयो । कलाकार शर्माले जर्मनीमा चित्रकला प्रदर्शन गरी आएको रकमबाट सामुदायिक अस्पताल स्थापना गर्नुभएको प्रसङ्ग जोड्दै उहाँका १०औँ एकल चित्रकला प्रदर्शनीमध्ये सातवटा संरक्षणसँग जोडिएको उल्लेख गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी