‘बादलभित्रको घाम पुरस्कार’ को छनोटमा उत्कृष्ट पाँच कृति

‘बादलभित्रको घाम पुरस्कार’ को छनोटमा उत्कृष्ट पाँच कृति

  • बुधबार, मंसिर ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

शमी साहित्य प्रतिष्ठानद्वारा स्थापित ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ का लागि विभिन्न पाँच कृति उत्कृष्ट छनोटमा परेका छन् ।

छानिएका पुस्तकमा अम्बिका अर्यालको उपन्यास ‘अविश्रान्त’, नरेन्द्रराज पौडेलको निबन्ध सङ्ग्रह ‘आकाशको डर’, दिलीप शाहको कथा सङ्ग्रह ‘चियर्स’, लक्ष्मण पौडेलको उपन्यास ‘सुनपानी’, दामोदार पुडासैनी ‘किशोर’ को कविता सङ्ग्रह ‘शहरबिनाको रहर’ छन् । पुरस्कारको राशि रु एक लाख ११ हजार १११ छ ।

प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालका अनुसार पुरस्कारका लागि कृति बुझाउन आह्वान गर्दा प्राप्त ८४ कृतिमध्येबाट उत्कृष्ट पाँचमा परेकाबाट थप छनोट गरी पुरस्कृत गरिने जानकारी दिनुभयो । स्तरीयता, मौलिकता, विधागतस्वरुप र राष्ट्रियता आदि आधारमा ती कृति छानिएको संस्थाले जनाएको छ ।

प्रतिष्ठानका संरक्षक डोलिन्द्रप्रसाद शर्माको निबन्ध सङ्ग्रह ‘बादलभित्रको घाम’ को बिक्रीबाट प्राप्त रकम अक्षयकोषमा राखी यसै वर्षदेखि उक्त पुरस्कार प्रदान हुने भएको हो । सो कृति पहिलो संस्करणमै १३ हजारप्रति प्रकाशन भएको थियो । अक्षयकोषमा रु ५० लाखसम्म जम्मा गर्ने लक्ष्यअनुसार हालसम्म सो पुस्तक बिक्रीबाट रु १७ लाख हस्तान्तरण गरिएको छ । पुरस्कार आगामी फागुन १८ गते प्रदान हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी