नेपाल भाषा साहित्य पर्व शुरु, सात कृति लोकार्पण

नेपाल भाषा साहित्य पर्व शुरु, सात कृति लोकार्पण

  • शुक्रबार, मंसिर ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौँ, ६ मङ्सिर ।

तेस्रो नेपाल भाषा साहित्य पर्व नेपाल प्रज्ञा प्रतिष्ठानमा आजदेखि शुरु भयो । सन्ध्या टाइम्स पिथना प्रालिले आयोजना गरेको यो पर्व भोलिसम्म चल्नेछ ।

साहित्य पर्वको पहिलो दिन आज सातवटा कृतिको एउटै मञ्चबाट लोकार्पण भयो । नेपाल भाषा एकेडेमीका चान्सलर चित्तरञ्जन नेपाली प्रमुख अतिथि रहनुभएको आजको कार्यक्रममा वरिष्ठ साहित्यकार मथुरा साय्मिको आत्मकथा ‘साय्मि जि मथुरा’, वरिष्ठ गजलकार भूषणप्रसाद श्रेष्ठको गजल सङ्ग्रह ‘नुगःया गुनगुन’, साहित्यकार राजेन्द्रकुमार पुताका दुई कृति ‘गजलया सिद्धान्त व नेपाल भाषाय् गजल’ र ‘सुथया लिसः’, उपन्यासकार राज साय्मिको जासुसी उपन्यास ‘तुयुगु अजः’, कवि वासुदेव अधिकारीको नेपाल भाषामा अनुदित कविता सङ्ग्रह ‘युरो स्पर्श’ र साहित्यकार उद्धव मास्केको नियात्रा ‘छगू नन्द देशय्’ लोकार्पण गरिएको हो । सातै कृतिमाथि साहित्यकार मल्ल के सुन्दरले समीक्षा गर्नुभएको थियो ।

आजै नेपाल भाषाका वरिष्ठ एवं स्थापित साहित्यकार र नयाँ पुस्ताका लेखकहरुबाट कविता, कथा र निबन्ध वाचन भयो भने रञ्जना लिपिको पुनरुत्थानबारे एक अन्तक्र्रिया पनि भयो । अन्तक्र्रियाका सहजकर्ता निर्मल बज्राचार्य हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी