सातौं विश्व शौचालय दिवस आज, काठमाडौंमा प्रभातफेरी

सातौं विश्व शौचालय दिवस आज, काठमाडौंमा प्रभातफेरी

  • मङ्लबार, मंसिर ३, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

३ मंसिर, काठमाडौं । आज सातौं विश्व शौचालय दिवस, ‘शौचालयको पहुँचबाट कोही बञ्चित नहोस्’ भन्ने मूल नाराका साथ मनाइँदै छ ।
दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी निकालिएको छ ।भृकुटीमण्डपबाट सुरु भएर्को याली भद्रकाली, शहीदगेट, न्यूरोड हुँदै बसन्तपुरमा पुगेर सम्पन्न भएको थियो ।
प्रभातफेरीमा खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल, वाटर एड, वातावरण र जनस्वास्थ्य संस्था, नेपाल रेडक्रस सोसाईटी लगायत संघसंस्थाको सहभागिता थियो ।र्
यालीमा सहभागीहरुले ‘मनको मन्दिर देवालय, तनको मन्दिर शौचालय’, ‘घरघरमा चर्पी, सफा राखौं धर्ती’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
विश्व शौचालय संगठनले सन् २००१ मा शौचालय दिवसलाई स्थापित गरेको थियो ।
सन् २०१३ नोभेम्बर १९ मा संयुक्त राष्ट्रसंघको महासभाले विश्व शौचालय दिवसलाई औपचारिक मान्यता दिएको थियो । त्यसपछि हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवसको रुपमा मनाउन थालिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ