देवकोटा जयन्ती : साहित्यकार र पत्रकार सम्मानित

देवकोटा जयन्ती : साहित्यकार र पत्रकार सम्मानित

  • आइतवार, कार्तिक १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्तीका अवसरमा विश्व सञ्चार नेपालले आज नेपाली साहित्य र पत्रकारिताका चार व्यक्तित्वलाई सम्मान गरेको छ । संस्थाले समकालीन नेपाली छन्द कविताका त्रिनेत्र सम्मानबाट स्रष्टात्रय डा रामप्रसाद ज्ञवाली, डा देवी नेपाल र प्रभा भट्टराई तथा शिक्षा पत्रकारिता सम्मानबाट राससका प्रकाश सिलवाललाई सम्मान गरेको हो ।

कपन साहित्य समाजमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव प्रा जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ ले सम्मान प्रदान गर्दै उहाँहरुले आफ्ना क्षेत्रमा दिनुभएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले भाषा, साहित्यको उन्नयनमा चुनौती पैदा भएको स्थितिमा देवकोटाका कृतिहरु नयाँ पुस्ताले अध्ययन गर्नुपर्ने बताउनुभयो ।

ज्ञान ध्यान केन्द्र नेपालको सहयोगमा सञ्चालित ज्ञान ध्यान छात्रवृत्तिबाट कविता प्रतियोगितामा विजेता हुनेहरु रेजिना शर्मा, डोमा तामाङ र स्वीकृति पौडेललाई क्रमशः रु ५० हजार, ३० हजार र २० हजार राशिको छात्रवृत्ति प्रदान गरियो ।

सो सञ्चार प्रालिले आजैदेखि शैक्षिक आँखा डटकम डिजिटल पत्रिकाको समेत शुभारम्भ गरेको छ । संस्थाका प्रबन्ध निर्देशक अन्तरिक्ष अधिकारीले शैक्षिक विकृति र विसङ्गतिलाई चिरफार गरी शैक्षिक अवस्था सुधार्न अनलाइन सञ्चालन गरिएको जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी