काठमाडौं, कात्तिक ८ ।सेवाबाट अवकाश पाए पनि चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले यही कात्तिक १८ गतेदेखि आमरण अनशन सुरु गर्ने बताएका छन् ।
शुक्रबार विज्ञप्ति जारी गर्दै डा. केसीले तिहार र छठ पर्व नजिकिएका कारण आफूले अनशन बस्ने मिति पछि सारेको जानकारी दिए ।
डा. केसीले विद्यार्थीहरुसँग अवैधरुपमा लिएको शुल्क फिर्ता गराउन सरकारलाई आजसम्मको ‘अल्टिमेटम’ दिएका थिए ।
यस्तै, डा. केसीले वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा अवैधरुपमा लिएको शुल्कको विरोधमा उत्रिएका विद्यार्थीलाई कलेज प्रशासनले गरेको आक्रमणको भर्त्सना गरेका छन् ।
तोकिएकोभन्दा बढी शुल्क लिएका मेडिकल कलेजका सन्चालकहरुलाई फौजदारी मुद्दा चलाउनुपर्ने उनको माग छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline