काठमाण्डौं असोज ३० । जुम्ला, मुस्ताङ लगायतका हिमाली जिल्लामा फलेको अग्र्यानिक स्याउले बजार पहुँच पाएको छैन । शहरका फलफुल पसलहरुमा त्यस्ता स्याउको खोजी गर्दा पाउन मुस्किल छ । तर बारीमै उनीहरुको स्याउ कुहिने स्थिति छ थोरै मात्रामा शहर निर्यात हुनु बाहेक ।
तर नेपाली बजारमा साईकलमा डुलाएर बिक्री हुने देखि पसलहरु सम्म विदेशी भारत, चीन र अमेरीका सम्मको स्याउ छ्याप छ्याप्ती भेटिन्छ । चालु आर्थिक बर्षको पहिलो दुई महिनामा मात्रै एक अर्ब ९ करोड ८२ लाखको बढीको विदेशी स्याउ आयात भएको भन्सार विभागको तथ्याकं छ ।
त्यसमा पनि सबै भन्दा बढी भारतीय स्याउ नेपाली बजारमा छ त्यस पछि चीनीया स्याउको बजार छ भने अमेरीकाको स्याउ पनि नेपाली बजारमा उपलव्ध हुन थालेको छ ।
भारतबाट मात्रै २ महिनामा ८१ करोड भन्दा बढीको स्याउ भित्रिएको छ ।
स्वदेशी स्याउको गुणस्तर निकै राम्रो भए पनि यसको बजारीकरण र जनचेतना जगाउन नसक्दा समस्या भएको छ ।
स्वदेशमै उत्पादन गर्न सकिने स्याउदेखि खुर्सानी सम्म पनि उत्पादन र बजारीकरण गर्न नसक्दा नेपालको ब्यापार घाटा निरन्तर समस्या बन्दै जादा सरकारले उपयुक्त , दीर्घकालीक र प्रभावकारी कदम चाल्न सकेको देखिदैन ।