कवि देवकी तिमल्सिनाको कविता ‘योद्धाको सपना’ माथि समिक्षा

कवि देवकी तिमल्सिनाको कविता ‘योद्धाको सपना’ माथि समिक्षा

  • मङ्लबार, अशोज २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

२७ असोज, काठमाडौं । कवि देवकी तिमल्सिना ‘समिक्षा’को ‘योद्धाको सपना’ कविता संग्रहको परिचर्चा कार्यक्रममा बोल्ने समिक्षकहरुले कवि राष्ट्रिय चेतना भएकी कवि रहेको धारणा राखेका छन् । सोमबार राजधानीको संवाद डबलीमा सुन्दर–सुन्धरा स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा सो धारणा राखेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कला, साहित्य तथा सांस्कृति विभाग प्रमुख मणि थापाले जनयुद्धमा रचिएका कला, साहित्यले हजारौं क्रान्तिकारी, सेना, विद्रोही जन्मायो जसको परिणाम गणतन्त्र प्राप्त भएको धारणा राखे । थापाले कवि देवकीको कविताबाट वर्तमान शासक–प्रशासकहरुलाई खवरदारी भएको बताए । जनयुद्धको एकजना सेना, कलाकार हुँदै आज कविका रुपमा स्थापित भएको थापाले बताए ।
कार्यक्रममा बोल्दै थापाले विप्लवले विद्रोहको कुरा गरेको बताउँदै सत्तारुढ (नेकपा) भित्र पनि विद्रोहको आवश्यकता भएको बताए । “विप्लवले विद्रोहको कुरा गर्नुभएको छ, त्यस्तै सत्तासिन (नेकपा) भित्र पनि ठूलो विद्रोहको भाव छ, सी चिन फिङसम्म आउँदा अनुसासित हुने कि नहुने कुराको चर्चा छ । हिजो उठाएको क्रान्तिको झण्डा त्यही रुपमा उठ्दैन तर फरक तरिकाले उठ्ने निश्चित भएको छ” थापाले भने । उनले क्रान्तिको बाँकी काम पूर्वएमाले र काँग्रेसले नगर्ने भन्दै अगाडि भने, “बाँकी क्रान्ति हिजोका क्रान्तिकारीहरुले गर्न नै तयार हुनुपर्छ, जनताले फेरि एकपटक हाम्रै मुख हेरेका छन्, त्यसैले कवि समिक्षाले अझै क्रान्तिकारी कविता लेख्नु पर्छ ।” उनले समाजमा रुपान्तरण, क्रान्तिको, सामाजिक रुपान्तरणको लागि तयार हुनु पर्ने बताए ।
तिमिले जितेको युद्ध नायकहरु धेरै टिक्नेवाला छैन भनेर कविले कवितामा लेखेको कुरा साँचो हुन थालेको भन्दै प्रा.डा. माधवप्रसाद पोखरेलले परमपरागत रुपमा जकडिएको हैकमवादविरुद्ध लड्न युद्ध मैदानमा उत्रेकी कवियात्रीले नेपाली समाजको रुपान्तरणमा योगदान दिए पनि अझै धेरै कुरा बाँकी रहेको धारणा राखे ।
जबसम्म नेपालको जस्तो अटेरी प्रशासन हुन्छ तबसम्म प्रचण्ड त के चे ग्वोएवारा नै यहाँ आएपनि देश परिवर्तन नहुने भन्दै पोखरेल विश्वमा माक्र्सवादका नयाँ संस्करणहरु आएको बेला कवि देवकी तिमल्सिनाले नयाँ कविता लेख्नु पर्ने धारणा राखे ।
डा.नवराज लम्सालले आफू बाँचेको समयमा टेकेर कविले बास्तविकता र भोगाईमा इमान्दार भएर रचिएको कविताले नै देवकी तिमल्सिना एक महान कवि बन्ने सम्भावना रहेको उल्लेख गरे ।
समालोचक डा. बिन्दु शर्माले अभिव्यक्तिलाई मौलिक भाषा र विम्वहरुलाई प्रयोग जनयुद्धमा लडेका योद्धाहरुको भाव मात्र नभएर समाजमा उत्पीडित महिला तथा जनसमुदायको भावनाको संग्रह यो कविता भएको बताए ।
कार्यक्रममा रमेश शुभेच्छुकले भने, “कवि तिमल्सिना क्रान्ति चेतनाको कवि हो उहाँका प्रत्येक कविता जिवन्त छन् । उहाँ विचार र कलाको संयोजन गर्न सक्ने क्षमतावान कवि भएको पुष्टि भएको छ । उहाँ जनयुद्धको रापतापबाट आएको खारिएको व्यक्तित्व रहेको उहाँ सर्वाधिक चर्चित कवि हुने सम्भावना छ । मुलत युद्ध चिन्तनले मुल विषय बनाएको छ, उत्साहले युद्धमा लागियो तर विचैमा क्रान्ति पुरा नभएको कुराले निराशा ल्याउछ ।” उनले कवि देवकी राष्ट्रिय, मानवीय, क्रान्तिकारी चेतना भएकी, युद्धकवि भएको बताउँदै हरेक पल्ट निराश भएपनि फेरि निराशालाई आशाका किरण छर्ने कविका रुपमा बुझ्न सकिने बताए ।
कवि देवकी तिमल्सिनाले आगामी दिनमा पनि यस्तै भोगाईमा रहेर साहित्य लेख्ने प्रयत्न गर्ने बताईन । उनले विगतमा देखेको सपनालाई पूरा गर्न सधै लागि पर्ने धारणा राखिन् । उनले नेता मणि थापाले भने जस्तै सामाजिक रुपान्तरणको चुनौतीलाई सामना गर्न सधै तत्पर हने धारणा राखिन् ।
कार्यक्रममा डा.दीपेन्द्र रोकायाले जीवनलाई हत्केलामाथि राखेर समाज परिर्वनको बाटोमा लाग्ने कमै हुन्छन् भन्दै त्यही परिवर्तनको बाटोमा आफू र आफ्नी जीवन संगिनी कवि देवकी निरन्तर लाग्ने धारणा राखे । उनले विगतमा जुन सपना देखेर क्रान्तिमा लागियो त्यो सपना ज्यूदा राख्न निरन्तर लाग्ने पनि बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी