को पुग्ला सभामुखको कुर्सीमा ?

को पुग्ला सभामुखको कुर्सीमा ?

  • मङ्लबार, अशोज २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

असोज २८ काठमाण्डौं । संसद सचिवालयकी कर्मचारी रोसनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोग लागे पछि निवर्तमान सभामुख कृष्ण बहादुर महराले राजीनामा दिएसगै रिक्त रहेको सभामुख पद अब कसले हात पार्ला ? यो चर्चा शुरु भएको छ ।
निवर्तमान सभामुख महरा १९ असोजदेखि प्रहरी हिरासतमा रहेका छन् । कार्यबाहक सभामुख काग्रेसको तर्फबाट उपसभामुख शिवमाया तुम्बाहाम्फे रहेकी छन्् ।
नेकपाले यो पद गुमाउन नचाहेकाले सभामुख कसलाई बनाउने भनेर पूर्व माओवादी र एमाले पक्षबीच दावी तीव्र बनेको स्रोतको दावी छ ।
पूर्व माओवादी पक्ष महरा पूर्व माओवादीनै भएकाले यसै खेमाबाट हुनु पर्ने अडानमा रहेको र पूर्व एमाले पक्ष पार्टी एउटै भएकाले जो भए पनि सभामुख बनाउनु पर्नेमा जोड गरिरहेको बुझिएको छ ।
पूर्व माओवादी पक्षका नेताहरु प्रधानमन्त्री पूर्व एमालेलाई दिएर सभामुख आफूहरुले राखेकाले त्यसलाई नछाड्ने अडानमा रहेको एक नेताले बताए । पूर्व माओवादीका तर्फबाट देव गुरुगंको नाम अघि सार्न सकिने ती नेताले बताए ।
यसै कारणले सभामुख चयन र अधिवेशन बोलाउने प्रकृया ढिलो हुन सक्ने देखिएको छ । यसले गर्दा विधेयक पारीत गर्ने देखि ससदको विभिन्न काम कार्बाही प्रभावित हुने देखिएको छ ।
यसैबीच सभामुख र उपसभामुख फरक फरक दलको हुनु पर्ने प्रावधानका कारण कार्यबाहक सभामुख बनेकी उपसभामुख शिवमाया तुम्वाहाम्फे भने अप्ठेरोमा पर्ने भएकी छन् । उनको उपसभामुख पद गुमेर संभवत राजपा या समाजवादी पार्टीको पोल्टामा जाने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ