प्रहरीले बन्धक बनाएर महरा विरुद्ध निवेदन दिन लगाएको रोसनीको अर्को दावी सार्वजनिक

प्रहरीले बन्धक बनाएर महरा विरुद्ध निवेदन दिन लगाएको रोसनीको अर्को दावी सार्वजनिक

  • शुक्रबार, अशोज २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

असोज २४ काठमाण्डौं । कहिले बलात्कार भएको , कहिले होईन भन्दै विवादीत बयान दिदै आएकी
सघीय ससद सचिवालयकी कर्मचारी रोसनी शाहीले फेरी अर्को विज्ञप्ति निकाल्दै प्रहरीले असोज १७ गते कार्यलयमा बोलाएर बन्धक बनाएर महराले जबरजस्ती करणीको प्रयास गरेको निवेदन दिन बाध्य पारेको बताएकी छन् ।
उनले पत्रकारका नामका सार्वजनिक गरेको चिट्ठीमा प्रहरीले मनोवैज्ञानिक तथा मानसिक दवाव दिएर महरा विरुद्ध करणी प्रयास गरेको भनेर निवेदन दिन लगाएको दावी गरेकी छन् ।
आफूले १५ गते नै टेकुमा कुनै यौन दुरव्यवहार नभएको भनी निवेदन दर्ता गराएको भन्दै पत्रकार सम्मेलन गरेर सत्य तथ्य सार्वजनिक गर्न पनि दशैका कारण संभव नभएको बताएकी छन् ।
उनले पत्रकारले आफ्नो अनुमति विना अन्तवार्ता लिएर सामाजिक सञ्जालमा हाल्ने अजयबाबु सिवाकोटी सहितका पत्रकार विरुद्ध पनि साईबर क्राईमको मुद्धा हाल्ने पनि बताएकी छन् । उनले विज्ञप्तिमा आफ्नो सम्पर्क नम्बर समेत सार्वजनिक गरेकी छन् ।
उनको निवेदनका आधारमा पक्राउ परेका निवर्तमान सभामुख कृष्ण बहादुर महरा हिरासतमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ