-नकुल चौलागाईं
धनिहरुको घर आगनमा
खुसियाली छायो
गरिब लाई ऋण बोकाउन
पापी दसै आयो धन हुनेलाइ आयो दसैं
सबको घर घरमा
गरिबलाई आयो दसैं
कस्तो दु खि कर्म
दसैं आयो दसैं आयो
भन्छन् सबै जना
दुखियाको घरमा छैन
बिहान बेलका खान
भकारिमा नत अन्न नत
खोरमा खसि
जलिरको यो मेरो मन बुझाउ
कता बसि
धनिहरु पैसा बोकि
बजार बजार जाने
गरिबका छोराछोरी
के लाउने के खाने
पापी दसैं
फर्की फर्की
आउछ जहिले पनि
गरिब लाइ सान्ती आनन्द
छैन कहि पनि
पोर दसैंको रिन पनि तिर्न पाको छैन
फेरि आयो भन्छन् दसै
खुसी लाको छैन
दसैं आउँछ बर्शै पिछी रिन मात्र हुन्छ
सम्झियर ल्याउदा खेरि भित्री मन रुन्छ
-काभ्रे कोसिपारी चौरिदेउराली गा:पा हाल काठमाडौं
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline