नयाँघरेको ‘तनक्खा’ विमोचन

नयाँघरेको ‘तनक्खा’ विमोचन

  • बुधबार, अशोज १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, असोज १५ । निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘तनक्खा’ को विमोचन सम्पन्न भएको छ । नेपाल म्यानमार मैत्री परिषदको आयोजनामा एक कार्यक्रमका विच विमोचन गरिएको हो ।
कृतिको अन्तराष्ट्रिय साहित्यक समाजका अध्यक्ष राधेश्याम लेकाली, समालोचक महेश पौड्याल, कवि तथा निवन्धकार ममिला, नेपाल म्यानमार मैत्री परिषदका अध्यक्ष शंकर घिमिरेले संयुक्त रुपमा विमोचन गर्नु भएको थियो ।
विमोचन कार्यक्रममा बोल्दै कवि तथा निवन्धकार ममिलाले युवराज नयाँघरेले नेपाली निबन्ध र नियात्रामा पु¥याएको उल्लेखनीय योगदानको चर्चा गर्नु भयो । उहाँले यो कृतिले वर्मेली नेपाली भाषीबारे निकै राम्रोसँग बताएको बताउनु भयो ।
समालोचक महेश पौडेलले नियात्रा संग्रहमाथि आफ्नो मन्तव्यमा नयाँघरेको आफ्नोपन र खुबी ‘तनक्खामा’ पोखिएको बताउनु भयो  । उहाँले नियात्राको विशिष्ट स्वाद र शैली यस कृतिभित्र भेट्न सकिने समेत बताउनु भयो ।
अन्तराष्ट्रिय साहित्यक समाजका अध्यक्ष राधेश्याम लेकालीले नयाँघरे घुमेर लेखिरहने एक जना समर्पित लेखक रहेको बताउँदै नियात्राको कला र मौलिक शैलीका धनी नयाँघरेको यो कृतिले वर्मालाई नयाँ पाराले व्याख्या र विवेचना गरेको समेत बताउनु भयो ।
कृतिकार नयाँघरेले आफ्नो मन्तव्यमा नेपाली निबन्ध र नियात्रा लेखन कला जारी राख्ने बताउनु भयो । उहाँले भन्नुभयो– बर्मामा रहेका नेपाली भाषीको नेपाली भाषा, संस्कृतीको  विशेष अनुभूति यस कृतीमा लिपिबद्ध रहेको बताउनु भयो ।
तनक्खा’ मा बर्मा भ्रमणको सेरोफेरो समेटिएको छ । बर्मामा रहेका नेपालीको स्थिति, बर्माको इतिहासलगायतका प्रसंग यसमा समेटिएको छ । बर्मेली भाषामा तनक्खाको अर्थ वनऔषधी भएको यसको भूमिका लेखक बर्मेमा रहेर नेपाली सााहित्यमा कलम चलाइरहेका ठाकुर गुरागाईंले बताउनु भएको छ ।  कृतिलाई रत्न पुस्तक भण्डारले बजारमा ल्याएको हो । नयाँघरेका १६ वटा कृतिमा यस अघि ७ वटा नियात्रा कृति आइसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी