धरान उपनिर्वाचनः मेयरका दाबेदार धेरै, कस्ले पाउँला टिकट ?

धरान उपनिर्वाचनः मेयरका दाबेदार धेरै, कस्ले पाउँला टिकट ?

  • सोमवार, अशोज १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

काठमाडाैं, १३ असाेज । 

रिक्त स्थानमा जनप्रतिनिधि चयनका लागि निर्वाचन आयोगले मिति सार्वजनिक गरेसँगै धरान उपमहानगरपालीकामा पनि निर्वाचनको चहलपहल सुरु भएको छ । स्थानीय, प्रदेश र संघीय संसद्को रिक्त स्थानमा निर्वाचन गर्न आयोगले १४ मंसिरका लागि मिति तय गरेको छ ।
धरान उपमहानगरपालिकामा मेयर र एक वडाध्यक्ष पद रिक्त छ । २०७५ साउन १ गते नगर प्रमुख तारा सुव्वाको निधन पश्चात प्रमुख पद रिक्त भएको थियो । हाल उपप्रमुख मञ्जु भण्डारीले कार्यवाहकको जिम्मेवारी सम्हाल्दै आएकी छिन् ।
स्थानिय तह प्रदेश सभा र संघिय संसद गरी ५१ स्थानमा हुने निर्वाचनमा १ नं. प्रदेशमा १ उपमहानगरपालिका प्रमुख, दुई गाउपालिका प्रमुख सहित ५वडा हरुमा निर्वाचन हुदै छ ।
सुनसरीमा भने धरान उपमहानगर प्रमुख र ७ नंं. वडा अध्यक्षको निर्वाचन हुदै छ । निर्वाचनको तयारी संगै मेयर आकांक्षीहरुले आफ्नो लबीङ शुरु गरेको छन् । सत्तारुढ नेकपा र कांग्रेससँगै अन्य साना दलहरुले पनि चुनावको तयारी सुरु गरेका हुन् ।
सत्तारुढ नेकपामा धेरै दाबेदार, कस्को सम्भावना बलियो
धरान उपमहानगरपालिकाको प्रमुखमा नेकपाभित्रबाट धेरै दाबेदार देखिएका छन् । नेकपा मै पूर्व एमालेवाट प्रकास राई, विजय राई , मनोज कुमार मेन्याङबो, पदम लिम्बु, र नारायण सुवेदीको नाम चर्चामा छ भने पुर्व माओवादी केन्द्र वाट चोत्लुङ सहित स्थानिय तहको निर्वाचनमा नगरप्रमुखको उमेद्वार बनेका अईन्द्र विक्रम वेघा र अशोक राईको नाम चर्चामा रहेको छ ।
पार्टी केन्द्रले निर्णय गर्दा पुर्व एमाले तर्फवाट हुने भए प्रकास राई, विजय राई मनोज मेन्याङबो , पदम लिम्बु , नारायण सुवेदी मध्ये वाट हुने देखिन्छ । भने पुर्व माओवादीवाट हुदा फोक्वाहाङ सुव्वा चोत्लुङ, अईन्द्र
वेघा र अशोक राई मध्ये एकले टिकट पाउने देखिन्छ ।
तर यस अगाडीको निर्वाचनमा मेयरको टिकट लिदा आगामी निर्वाचनमा आफु नउठ्ने र चोत्लुङलाई सहयोग गर्ने प्रतिबद्धता गरीसकेको हुदा नैतिक हिसावले पनि चोत्लुङलाई छाड्नु पर्ने नेकपाका एक जिल्ला सदस्यले बताए । उनका अनसार पुर्व माओवादी केन्द्र तर्फका करिब सवै जिल्ला सदस्य र नगरका अधिकांस नेताहरु पुर्व सहमती अनुसारै चोत्लुङले टिकट पाउनु पर्ने पक्षमा छन् । स्थानिय तहको निर्वाचनमा तात्कालिन माओवादी केन्द्र भित्र मेयरका मुख्यदाबेदार चोत्लुङ थिए । सहमती पछि उनी पछी हट्दा पार्टीको लागी त्याग गरेको भन्दै पार्टीका सवैले प्रसंशा गरेको थिए । उनले निर्वाचनमा संगाठानिक व्यावस्थापनको सम्पुर्ण जिम्मेवारी सम्हालेका थिए ।
नेकपा सुनसरी जिल्ला सदस्य सुर्य तमाङका अनुसार पुर्व माओवादी केन्द्र भित्र अगामी निर्वाचनमा चोत्लुङ र असोक राई लाई उमेद्वार बनाउने एकप्रकारको समझदारी २०७४ को स्थानिय तहको चुनावमा मेयरको टिकट फाईनल गर्दा नै भएकोले अहिले सो अनुसार हुन्छ दाया बाया हुदैन ।
उता पार्टी एकीकरण हुनुभन्दा पहिला धरान पूर्वएमालेको पकेट क्षेत्र हो। सोहि कारण मेयरको टिकट पनि उतैका उमद्वारहरुले पाउने सम्भावना देखिन्छ स्रोत भन्छ ।
नेकपामा (पूर्व एमालेका तर्फबाट) मनोज मेन्याङवो, रमेश बस्नेत, प्रकाश राई, पदम लिम्बुले र पूर्वमाओवादीका तर्फबाट मुक्साहाङ मेन्याङवो, चोत्लुङ लिम्बु र अइद्रविक्रम बेघा मैदानमा छन् ।
स्रोतका अनुसार स्थानिय तहमा समस्या पैदा भए पार्टी केन्द्रले उपल्लो स्तरका नेताहरु प्रकाश राइ मुक्साम हाङ मेन्याङबो मुकेश, र रमेश बस्नेत मध्ये एकलाई टिकट दिने सम्भवना समेत उत्ती कै रहेको छ । उता, निर्वाचनको चर्चासँगै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी परित्याग गरि सत्तारुढ नेकपामा प्रवेश गरेका किरण राइले पनि मेयरकोलागि दौड सुरु गरेका छन् ।विगतमा राम्रै छवि बनाएपनि हाल उनलाई अवसरवादी नेता भएको भन्दै पूर्व माओवादी र पूर्व एमालेका स्थानीय नेताहरु नै राईलाई उम्मेदवार बनाउन नहुने पक्षमा रहेको स्रोत बताउछ ।

नेपाली कांग्रेसमा दुई आकांक्षी
नेपाली कांग्रेसका जिल्ला सचिव सुजेन्द्र तामाङ जागीर वाट राजिनामा दिएर चुनावी अभियानमा छन् । भने नगर सभापति तिलक राई आफै उठ्ने तरखरमा छन् । अघिल्लो स्थानिय तहको निर्वाचनमा १६ हजार मत ल्याए पनि तारा सुव्वा संग करिब ५ हजार मतले हारेका राई आगामी निर्वाचन लड्नका लागी समेत आफै उठ्नु पर्ने बाध्यतामा छन् । पुर्व नगर सभापति किशोर राईको नाम पनि चर्चामा छ । उनले के गर्ने भनि निर्णय गरि सकेका छैनन् । स्रोतका अनुसार किशोर राईले चाहेमा पार्टी सभापति शेर बहादुर देउवाले उनलाई टिकट दिने सम्भाना धेरै छ ।

समाजवादीले गर्याे ३ जनाको सिफारिस
नेपाली कांग्रेुलाई समर्थन गर्ने हल्ला चले पनि अन्तत समाजवादी पार्टीले ३ जनाको नाम सिफारिस गरेको छ । जसमा नगर अध्यक्ष ताजुव लिम्बु्, गजेन्द्र ईस्बो, सुभचन्द्र राई रहेको छन् । गबन्धन गर्दा समेत बामपन्थी किल्ला भत्काउन गाहो हुन अवस्थामा छुट्टै निर्वाचनमा जादा नै पार्टीको हित हुने देखीए पछि निर्वाचनको तयार सुरु गरेको देखिएको छ ।

साना दलहरु समेत तयारी गर्दै
धरान रहेका अन्यदलहरु समेत निर्वाचनको तयारीमा लागेका छन्, राष्ट्रीय जनमुक्ति पार्टी, संघिय लिम्बुवान मञ्च,मंगोल नेशनल अर्गनाजेसन,खम्बुवान मोर्चा, राप्रपा लगायत दलहरु तयारी जुटेका छन् ।

धरानको समस्या र चुनावी गणित
खानेपानी, बसपार्क, धरान विमान स्थल, धरान लाई उपमहानगरपालिका बनाउने, पाचकन्या गा.बि.स. र विष्णुपादुका गा.वि.स. लाई समायोजन गरी धरानलाई उपमहानगरपालिका बनाउने, धरान रंगशालाको पुनर्निर्माण, बहुजातिय संग्राहलयलाई जग्गा उपलब्ध गराउने लगायत धरानको मुख्य समस्या समाधान अबको मेयरको पनि मुख्य चुनौती हो । अघिल्लो निर्वाचनमा पनि यीनै एजेण्डाहरु प्राथमिकतामा परेका थिए तर अहिलेसम्म समस्या समाधान भएको छैन ।
गत स्थानिय तहको निर्वँचनमा तत्कालिन नेकपा एमाले तर्फवाट तारा सुव्वाले २०९७५ मत ल्याउदै विजय हासिल गरेको थिए भने १४ वटा वडामा विजय हासिल गरेको थियो । नेपाली कांग्रेसका तिलक राई १६ हजार मत ल्याउदै दोश्रो भएका थिए भने ५ वटा वडामा जित हासिल गरेको थियो । तत्कालिन माओवादी केन्द्रका अईन्द्र विक्रम बेघाले ११ हजार मत ल्याउदै तेश्रो स्थान हाशिल गरेको थिए भने धरान १७ नं. वडामा विजय हाशिल गरेको थिए । नगर प्रमुखमा साना दल संग गठबन्धन गरेको हुदा माओवादी केन्द्रको मत करिब ९ हजार हाराहारीमा भएको आकलन गर्न सकिन्छ । यसरी हेर्दा एमाले र माओवादी केन्द्र विच एकीकरण भई नेकपा बनेको अवस्थामा नेकपा करिब ३० हजार मत सहित चुनावी तयारीमा देखिन्छ । यदी नेकपाले आफ्नो मतलाई सुरक्षित गर्न सकेको खण्डमा जित शुनिश्चीत देखिन्छ । स्रोतका अन्ुसार सरकार माथी चौतर्फी घेरा बन्दी रहेको अहिलेको अवस्थामा चुनौती सामाना गर्न नेकपाले समेत राम्रो तयारी गर्नु आवश्यक देखिन्छ । प्रदेश र संघको निर्वाचनमा गठबन्धन गर्दा सुनसरी निर्वाचन १ नंं. क्षेत्रको ३ सिट मध्ये तात्कालिन माअ‍ोवादी केन्द्रले कुनै सिट नपाएका कारण पार्टी एकीकरणको मर्मलाई समेत समट्दै पुर्व माओवादी केन्द्र तर्फवाट उमेद्द्धावारी भए नेकपमा भावनात्मक एकता समेत मजबुद हुने देखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ