अस्ट्रेलियाले नेपाललाई ‘उच्च जोखिम’काे सूचीमा राख्यो, भिसामा कडाइ गरिने

अस्ट्रेलियाले नेपाललाई ‘उच्च जोखिम’काे सूचीमा राख्यो, भिसामा कडाइ गरिने

  • शुक्रबार, अशोज १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

अस्ट्रेलिया, असोज १० । अस्ट्रेलियाले नेपाललाई अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययन गर्न आउने देशमध्ये उच्च जोखिम भएको मुुलुकको सूचीमा राखेको छ ।

यसअघि मध्यमस्तरको जोखिम भएको देशमा नेपाललाई सूचीकृत गरिएको थियो । अस्ट्रेलियाको अध्यागमन विभागले सूचीमा परिवर्तन गर्दै नेपाललाई उच्च जोखिम भएको मुलुकमा राखेको हो ।

अस्ट्रेलियाले उच्च शिक्षा अध्ययन गर्न आउने विद्यार्थीहरुको देशलाई उनीहरुको विभिन्न मापदण्डका आधारमा तहगत रुपमा तीन किसिमले छुट्याउने गर्छ । अध्यागमन विभागले गर्ने उक्त वर्गीकरणमा वर्षौंपछि नेपाल दोस्रो तहको मध्यमस्तरको जोखिम भएको देशमा सूचीकृत थियो ।

बिहीबारदेखि भने यो वर्गीकरणलाई परिवर्तन गरी तेस्रो तहको उच्च जोखिम भएको मुलुकमा झारेको हो । यो तहको वर्गीकरणमा परेका देशका विद्यार्थीलाई भिसा प्रक्रियामा अन्य दुई तहका मुलुकका विद्यार्थीको तुलनामा अप्ठ्यारो पर्ने अध्यागमन क्षेत्रका विज्ञहरुको भनाइ छ । –कान्तिपुर दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी