डा. रंगीनाले  जितिन् एमएस नेपाल इन्टरनेसनल ०१९ को उपाधि 

डा. रंगीनाले  जितिन् एमएस नेपाल इन्टरनेसनल ०१९ को उपाधि 

  • सोमवार, अशोज ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

विवाहिता महिलाबीचको सौन्दर्य प्रतियोगिता एमएस नेपाल इन्टरनेसनल–२०१९ को उपाधि डा. रंगीना लाइकमबम शाहले जितेकी छन् । प्रतियोगितामा सहभागी सातै प्रदेशका ३६ जनालाई पछि पार्दै डा. लाइकमबमले यो उपाधि हात पारेकी हुन् ।

प्रतियोगिता ४ असोज ०७६ मा नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको थियो । बिजयी डा. लाइकमबमलाई नायिका करिष्मा मानन्धरले ताज पहिराइदिएकी थिइन ।

पूर्वप्रधान सेनापति रुक्मांगत कटुवाल प्रमुख निर्णायक रहेको सो सौन्दर्य प्रतियोगितामा नायक राजेश हमाल र करिष्मा मानन्धरले प्रतियोगीको मुल्यांकन गरेका थिए । बिजयी डा. लाइकमबम त्रिपुरेश्वरस्थित ब्लूक्रस हस्पिटलमा आबद्ध हुनुहुन्छ । कार्यक्रमको हस्पिटल पार्टनरको रुपमा ब्लू क्रस हस्पिटलले उपस्थिति जनाएको थियो ।

बिजेता डा. रंगीना लाईकमबम शाहले सिंगापुरमा सम्पन्न हुने अन्तर्राष्ट्रिय स्तरको विवाहिता महिलाको सौन्दर्य प्रतियोगितामा भाग लिन पाउनेछिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी