रूपन्देहीमा पनि डेंगाेको संक्रमण

रूपन्देहीमा पनि डेंगाेको संक्रमण

  • बिहिबार, भदौ २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

बुटवल, २६ भदाै ।रूपन्देहीमा पनि डेंगाेको संक्रमण फैलिएकाे छ । संक्रमणबाट एक सय भन्दा धेरै विरामी परेका छन् भने उपचारका क्रममा लुम्विनी प्रादेशिक अस्पतालमा एकजनाको मृत्यु भएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै डेंगीका ७० जना भन्दा बढी बिरामी भर्ना भएका छन् ।

त्यसबाहेक रुपन्देहीकै अन्य अस्पतालहरुमा पनि डेंगाेको संक्रमण भेटिएको जनस्वास्थ्य कार्यालय रूपन्देहीले जनाएको छ । उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु, वाणगंगाकी ६१ वर्षीया सावित्रा आचार्यको मृत्यु भएको हो ।

अस्पतालमा साउन २८ देखि डेंगीका बिरामी भेटिएको लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक पुष्पराज जोशी बताउँछन् । भदौको दोस्रो साताबाट डेंगीका बिरामी ह्वात्तै बढेका हुन् । बिरामी बढेपछि लुम्विनी अस्पतालले सहज उपचार सुविधा दिन सकेको छैन । आकस्मिक कक्षमै कोचिएर डेंगीका बिरामीको उपचार भैरहेको छ ।

यसले गर्दा संक्रमण फैलिने आशंका बढेको छ । उपचारका लागि आउने उच्च ज्वरोका बिरामी मध्ये परीक्षण गर्दा अधिकाँशमा डेंगीको संक्रमण भेटिने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण खनालले बताए ।

अहिले रुपन्देहीका एक दर्जन भन्दा बढी अस्पतालमा डेंगीका बिरामीको उपचार भैरहेको छ । भयावह बन्दै गएको डेंगी रोकथाम र उपचारमा तिनै तहका सरकारले प्रभावकारी कदम नचालेकाले सहज तरिकाले उपचार गर्न समेत गाह्रो भएको गुनासो सर्वसाधारणको छ । रूपन्देहीमा ०६७–६८ मा पहिलोपटक डेंगएका बिरामी फेला परेका थिए । तीमध्ये चार जनाको मृत्यु भएको थियो । अहिले डेंंगीका विरामी बढेपछि परीक्षणका लागि किटको पनि अभाव हुन थालेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ