सीआईबीको टोलीले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको मिसिल अदालतमा बुझायो

सीआईबीको टोलीले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको मिसिल अदालतमा बुझायो

  • आइतवार, भदौ ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

 

चितवन, ८ भदौ ।

केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको मिसिल चितवनस्थित सरकारी वकीलको कार्यालयमा मिसिल बुझाएको छ ।

मिसिलमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आत्महत्या दुरुत्साहन अभियोग लगाइएको छ ।

घटनाको अनुसन्धान गर्न सिआइबीका प्रहरी उपरीक्षक दिपक रेग्मी नेतृत्वको टोली चितवन पुगेको थियो ।

आज पत्रकार सम्मेलन गर्दै प्रहरी उपरीक्षक रेग्मीले आत्महत्या दुरुत्साहन अभियोग अन्तर्गत रहेर नै अनुसन्धान पुरा गरेको जानकारी गर्दै सोही अनुरुप अदालतमा मिसिल पेश गर्न लागेको जानकारी दिए ।

पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसँगै सञ्चारकर्मी युवराज कँडेललाई पानीपोखरीस्थित न्युज २४ कार्यायलबाट प्रहरीले पक्राउ गरेको थियो भने रुकु भनिने अस्मिता कार्कीलाई सोही दिन कलंकीबाट पक्राउ गरेको थियो ।

पत्रकार पुडासैनी साउत २० गते नारायणगढस्थित एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

आत्महत्या गर्नुअघि पुडासैनीले खिचेको एक भिडियोमा लामिछाने, कँडेल र कार्कीले मर्न बाध्य पारेको बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ