‘आकाश यात्रा’को लोकार्पण

‘आकाश यात्रा’को लोकार्पण

  • बुधबार, भदौ ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 25.3K
    SHARES

क्याप्टेन दधिराम निरौलाको पुस्तक ‘आकाश यात्रा’ आईतबार देखि बजारमा आएको छ । पुस्तकको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि सत्यमोहन जोशी, लेखक क्याप्टेन डिआर निरौला, प्रकाशक तथा घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाल, क्याप्टेन भिके श्रेष्ठ, क्याप्टेन कोश कुमार थापा, क्याप्टेन विएन अमात्य, लेखक निरौला पत्नी विना लगायतले सामुहिक रुपमा गरेका थिए ।

लोकार्पण कार्यक्रमका प्रमुख अतिथी शताब्दी पुरुष सत्यमोहन जोशीले आकाश विधामा लेखिएको यो किताब आफूले जीवनमा पहिलो पटक विमोचन गर्न पाएको भन्दै खुशी व्यक्त गरेका थिए । उनले भने, ‘नेपालमा आकाशको विधामा धेरै किताब नभएकोले यो आकाश यात्रा किताबले भोलिका पुस्तालाई एक दस्तावेज छाडेको छ ।’

कार्यक्रममा क्याप्टेन कोश कुमार थापाले पाइलटको जीवनमा धेरै रमाइलो र रोमाञ्चक घटना हुने भएकाले पुस्तक रोमाञ्चक रहेको भन्दै पुस्तकको प्रशंसा गरेका थिए । प्रकाशक र लेखनको संस्था घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले नेपालमा मानवजीवनको दस्तावेज बनाउन आफूहरुले शुरु गरेको यो अभियानको पछिल्लो कडीको रुपमा यो पुस्तक आएको बताएका थिए ।

अध्यक्ष ढकालले भने, ‘जीवन एकपल्ट मात्र पृथ्वीमा आउने हुनाले आफ्नो जीवनको दस्तावेज बनाउनु जरुरी छ । त्यो काम दधिराम निरौलाले गर्नु भएकोमा खुशी लागेको छ ।’ पुस्तकका लेखक क्याप्टेन निरौला पत्नी विनाले पाइलटको जीवन आकाशमा हुने र पत्नीको जीवन धर्तीमा हुने हुनाले सधँै लागेको डरको पनि यो पुस्तक एउटा दस्तावेज भएको बताएकी थिइन् ।

उनले भनिन्, ‘पाइलटको जीवनमा परिवारको लागि समय एकदमै कम हुँदाको बखतमा दुःखित भए पनि यो पीडा सहितको किताब बन्दा खुसी लागेको छ ।’ लोकार्पण कार्यक्रममा लेखक क्याप्टेन दधिराम निरौलाले एक मानवले भोगेको जीवन अर्को मानवको लागि प्रेरणा हुन्छ भन्दै पूर्व गभर्नर गणेश बहादुर थापाको भाइले प्रेरित गरेर तथा घोस्ट राइटिङ नेपालले करबल गरेर नै आफ्नो जीवनको पुस्तक बनाएको बताएका थिए ।

उनले भने, ‘आफ्नो बेलाको पाइलटको दुःख र संघर्ष सहितको आकाशको यात्रा भएकोले पुस्तकको नाम आकाश यात्रा संघर्ष र अनुभूति राखिएको हो ।’ कार्यक्रममा प्रोफेसर रत्नराज निरौला, लेखककी नातिनी सारांशा र भतिजी सुप्रिया, हवाई क्षेत्रका रोशन श्रेष्ठ लगायतले पुस्तक र लेखकको बारेमा प्रकाश पारेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी