पाँचथरमा पनि डेंगुका बिरामी भेटिए

पाँचथरमा पनि डेंगुका बिरामी भेटिए

  • बुधबार, साउन २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

पाँचथर, २२ साउन ।  प्रदेश १ का झापा, मोरङ र सुनसरी जिल्लामा नियन्त्रण बाहिर रहेको डेंगु पाँचथरमा पनि देखिएकाे छ ।

सदरमुकाम फिदिमका विभिन्न स्थानवाट ज्वरो आएर परीक्षण गराउन आएका ५ जना बिरामीमा डेगुंको संक्रमण देखिएको हो । जिल्ला अस्पताल र समर्पित अस्पतालमा आएका बिरामीमा डेंगु भेटिएको वताइएको छ ।

पाँचथर जिल्ला अस्पतालमा डेंगुको परीक्षण गर्ने किड नभएकाले त्यहाँ आएका बिरामीलाई समर्पित अस्पतालमा रेफर गरेर स्वास्थ परीक्षण गर्ने गरिएको छ । यसरी दुवै अस्पताल आएकामध्ये ५ जनामा डेंगु पुष्टि भएपछि २ जनालाई विराटनगर, एक जनालाई झापाको विएण्ड सि र बाँकी २ जनालाई समर्पित अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

पाँचथरमा डेंगु सार्ने जातका लामखुट्टे सिमित ठाँउमा मात्रै रहने सम्भावना भएकाले झापा मोरङ र सुनसरी जिल्लाबाट यो रोग फैलिएकोे हुनसक्ने पाँचथर जिल्ला अस्पतालका प्रमुख डा. वुद्धीबहादुर थापाले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ