‘फर्की हेर मेरो जीवन’ गीतका गायक भुटियाको निधन

‘फर्की हेर मेरो जीवन’ गीतका गायक भुटियाको निधन

  • मङ्लबार, साउन २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

द हिमालयन ब्यान्डका गायक नोर्देन तेन्जिङ भुटियाको निधन भएको छ । सन् २००६ देखि घाँटीको क्यान्सरले थला परेका उनको सोमवार बेलायतको अल्डरसटस्थित निवासमा निधन भएको हो ।

सन् १९८२ मा ‘फर्की हेर मेरो जीवन’ गीतबाट आफ्नो गायिकी जीवनको सुरुवात गरेका उनका गाजलुले आँखा छोप्ने, मुसुमुसु हाँसिदेउ न लैलै, मायाले माया गाँसी देउ, फर्की हेरेँ, चिसो बतासले, मलाई धेरै धेरै माया चाहिन्छलगायतका गीत लोकप्रिय छन् ।

उनले सन् १९७१ मा बेलायती सेनामा भर्ती भएपछि सन् १९७३ मा साथीहरु विजय थापालगायतसँग मिलेर ‘हिमालय ब्यान्ड’ खोलेका हुन् । उनका दुई छोरी, एक छोरा र श्रीमती छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी