गायिका सञ्जिताको तिज गीत ‘दर्पण छायाँले’ चर्चा बटुल्दै (भिडियो सहित)

गायिका सञ्जिताको तिज गीत ‘दर्पण छायाँले’ चर्चा बटुल्दै (भिडियो सहित)

  • सोमवार, साउन २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 18.9K
    SHARES

काठमाडौं, साउन २० ।
हिन्दु नेपाली महिलाहरुको महान चार्ड हरितालिका तिज नजिकीदै गर्दा तिज गीतहरु पनि सार्वजनिक हुने क्रम जारी छ । यसै शिलशिलामा नेपाली सांङगीतिक क्षेत्रमा सफल गायिकाको छवि बनाउदै जान सफल गायिका सञ्जिता श्रेष्ठको यस वर्षको तिज गीत दर्पण छायाँले दर्शक श्रोताको मन जित्न सफल भएको छ ।

हालसालै यु ट्युव मार्फत सार्वजनिक गरिएको दर्पण छायाँले बोलको तिज गीतले चर्चा बटुल्दै गएको छ । चर्चित गायक कमल सुशान्त केसी र गायिका सञ्जिता श्रेष्ठको सुमधुर आवाजमा सजिएकोे सो गीतमा गायिका सञ्जिता कै शब्द संयोजन तथा गायक केसीकै संगीत रहेको छ ।

चर्चित लोकदोहोरी गायिक सञ्जिताको यस अघिका तिज गीत छम छम पाउजु, मरक्कै कम्मर, ग्यारेन्टी सुन भो मलाई चाहिएन लगायतकोे तिज गीतले सफलता पाएको थियो । रुस्लोना डिजीटल प्रा.लि ले प्रस्तुत गरेको उक्त गीतको म्युजिक भिडियोमा चर्चित मोडल करिश्मा ढकाल र समिर थोकर फिचरिङ भएका छन् । यस गीतलाई निर्देशक समीर थोकरले निर्देशन गरेका हुन् ।

यस वर्षको गीतलाई पनि गत वर्षहरुको गीतमा जस्तै दर्शक श्रोताले साथ सहयोग र सल्लाह सुझाव दिने आशा रहेको गायिका सञ्जिताले बताएकी छिन् । आधा दर्जन बढी गीतमा स्वर दिइ सकेकी गायिका सञ्जिता साङगीतिक दुनियमा आफ्नो राम्रो छवि बनाउने कोसिसमा छिन् ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी