२१ सदस्यीय मेडिकल कलेज इकाई समिति गठन गर्दै चितवन मेडिकल कलेजमा विद्यार्थी परिषदको कार्य प्रारम्भ

२१ सदस्यीय मेडिकल कलेज इकाई समिति गठन गर्दै चितवन मेडिकल कलेजमा विद्यार्थी परिषदको कार्य प्रारम्भ

  • बुधबार, साउन १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 16.8K
    SHARES

चितवन, साउन १५ ।
प्राज्ञिक विद्यार्थी परिषद नेपालले एक दिने राष्ट्र निर्माणमा युवाको भुमिका विषयक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम मार्फत विद्यार्थी परिषद्ले चितवन मेडिकल कलेज इकाई समिति समेत गठन गरेको छ ।

एम.वि.वि.एस अन्तिम वर्षमा अध्ययनरत छात्र प्रदिश पौडेल र वि.डि.एस अध्ययनरत छात्रा प्रज्ञा गुरागाइको संयोजकत्वमा २१ सदस्यीय मेडिकल कलेज इकाई समिति गठन गरिएको विद्यार्थी परिषद्का राष्ट्रिय सचिव छितराज न्यौपानेले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले मेडिकल पढने विद्यार्थीहरुले समाज र राष्ट्रका लागि कसरी काम गर्ने, सामाजिक गतिविधिमा कसरी सहभागी हुने र विद्यार्थी परिषदको राष्ट्रव्यापी कार्य एवं स्थापनाको उदेश्य लगायतका विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।

डा कालू शर्माले मेडिकल अध्ययन गर्ने विद्यार्थीहरुले नेतृत्व विकासका बारेमा विषय राख्नु भएको थियोे । सह प्राध्यापक ममता न्यौपानेले विद्यार्थी परिषदको यो मानव लाई माधव बनाउने कार्यका लागि शुभकामना प्रदान गर्नु भयो । सो कार्यक्रममा निकट भविष्यका २५० भन्दा बढी डाक्टर एव नर्सहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा विद्यार्थी परिषदका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, चितवन मेडिकल कलेजका सह प्राध्यापक , ममता न्यौपाने, प्रा.डा ममता तिवारी, वरिष्ठ चिकित्सक कालू शर्मा, राष्ट्रिय सचिव एव प्रदेश संगठन सचिव छितराज न्यौपाने, कलेजका प्रसासकीय व्यवस्थापक अरुण कोइराला लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी