प्रसिद्ध गायक उदितनारायण झालाई ज्‍यान मार्ने धम्की

प्रसिद्ध गायक उदितनारायण झालाई ज्‍यान मार्ने धम्की

  • सोमवार, साउन १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

एजेन्सी, १३ साउन।  प्रसिद्ध गायक उदितनारायण झालाई ज्‍यान मार्ने धम्की आएको छ। उनलाई करीब दुई हप्तादेखि बिहारको नम्बरबाट धम्की आएको भारतीय सञ्‍चारमाध्‍यम भाष्कर डटकमले जनाएको छ।

भाष्कर दैनिकका अनुसार बारम्बार मार्ने धम्की आएपछि उदितनारायण झाले मुम्बइस्थित अम्बोली प्रहरीसँग ज्‍यान सुरक्षाको माग गरेका छन्। उनले प्रहरीमा उजुरी दिएलगत्तै प्रहरीले छानबिन सुरु गरेको छ।

झालाई धम्की दिने व्‍यक्ति विहारका लक्ष्मण नाम गरेका व्यक्ति हेकेा प्रहरीले जनाएकाे छ ।  प्रहरी अधिकारी भरत गायकवाडले उदितलाई हप्तामा चार-पाँच पटक फोन गरेको बताएका छन्। उनका अनुसार संदिग्धको नाम लक्ष्मण रहेको र उसले नै उदितनारायणलाई मार्ने धम्की दिएको हो। तर उनले उदितसँग पैसाको माग भने नगरेको प्रहरीको भनाइ छ।

यस्तै प्रहरीले उदित नारायणको बिल्डिङमा बस्‍ने सेक्युरिटी गार्ड बिहारकै रहेको बताएको छ। उनले १७ जुलाइमा दोस्रो पटक र २३ जुलाइमा तेस्रो पटक फोनबाट धम्काएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी