मितिनीलाई तीजमा नचाउँदै गायिका इन्दिरा भट्टराई

मितिनीलाई तीजमा नचाउँदै गायिका इन्दिरा भट्टराई

  • आइतवार, साउन ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 19.7K
    SHARES

काठमाडौं, ५ साउन । नेपाली सुगम संगीतकी लोकप्रिय गायिका इन्दिरा भट्टराईले ‘नाचौँ मितिनी’ गीत सार्वजनिक गरेकी छिन्। तीजको रौनक सुरु हुन डेढ महिना बाँकी रहँदा गायिका भट्टराईको गीत र म्यूजिक भिडियो सार्वजनिक भएको हो।
वरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द र सन्तोष श्रेष्ठको संगीतमा गायिका भट्टराईले तीज विशेष गीत ल्याएकी हुन्।काठमाडौंमा समारोहको आयोजना गरी गीत र म्यूजिक भिडियो सार्वजनिक गरिएको छ। डेढ दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय भट्टराईले तीजको मौलिक आधुनिक गीत प्रस्तुत गरेकी हुन्।
भट्टराईले नेपाली मौलिकतालाई अटाइएको गीतमा विशेषतः आममहिलाहरु आपसमा एकताको सुत्रमा बाँधिनु पर्ने सन्देश दिइएको छ। ‘हामीले तीजमा बजाइने भड्किला गीतभन्दा अलि विशिष्ट र मौलिक गीत बनाएका छौं, दर्शनस्रोतालाई मनपर्छ भन्ने अपेक्षा गरेका छौं,’ गायिका भट्टराईले भनिन्।


कार्यक्रममा गीतकार अधिकारीले नेपाली गीत–संगीतको फरक बाटोमा गएको टिप्पणी गर्दै संगीतमा समयसापेक्ष परिवर्तन आवश्यक रहे पनि मौलिक पक्ष कायम राख्नु पर्ने बताए।

‘नाचौँ मितिनी’ गीतको म्युजिक भिडियो निर्देशन कलाकार सम्झना बुढाथोकीले गरेकी छिन्। कोरियोग्राफी भागिरथा गाहाको रहेको म्युजिक भिडियोमा कलाकारहरु सम्झना बुढाथोकी, नितु कोइराला, सदिक्षा रावत, आरोही भट्टराईलगायतले अभिनय गरेका छन्। सुदीप सागरको संगीत संयोजन तथा राजु केसीको छाँयाङ्कन रहेको भिडियोको सम्पादन बिष्णु शर्माले गरेका छन्। प्रस्तुति इन्दिरा म्यूजिक एन्ड इन्टरटेनमेन्टको रहेका छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी